पाकिस्तान सुपर लिग छोडेर डु प्लेसिस घर फर्कने

२०७८ असार २, बुधबार २१:०५

दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसीसले युएईको अबुधाबीमा जारि पाकिस्तान सुपर लिगको आगामी खेल नखेल्ने र प्रतियोगिता छाडेर दक्षिण अफ्रीका फर्कने भएका छन्।

जुन १२ तारिखमा क्वेटा ग्ल्याडीएटर्स र पेशावर जाल्मी बीचको खेलमा डु प्लेसिस बाउन्ड्री जोगाउने क्रममा साथि खेलाडी मोहम्मद हसनैनसंग ठोकिन पुगेका थिए। दुवै खेलाडी बाउन्ड्री रोक्ने कोशिश गर्ने डु प्लेसीस लंग-अन र हसनैन लंगअफबाट दोगुर्दै एकअर्कासंग ठोकिन पुगेका थिए। डु प्लेसीको टाउको हसनैनको खुट्टामा जोडले ठोकिन पुगेको थियो जसपछि उनि मैदानमा केहि बेर ढल्न पुगेका थिए। उक्त घटना पछि डु प्लेसीसलाई अस्पताल लागिएको थियो जहाँ उनको टाउकोको जांच गरिएको थियो।

सो घटना भएको भोलि पल्ट डुप्लेसिसले ट्वीटरमार्फत आफुलाई उक्त घटनापछि भुल्ने समस्या भएको बताएका थिए। उनले छिट्टै पुनरागमन गर्ने पनि बताएका थिए। तर प्रोटीज स्टारले लिग छाड्ने निर्णय लिंदै घर फर्कने भएका हुन्। उनि आजै दक्षिण अफ्रीका प्रस्थान गर्नेछन्।

“धन्यवाद सबै म्यासेजहरु र समर्थनको लागि। म होटल फर्किएको छु र म निको हुने क्रममा छु। मलाई केहि भुल्ने समस्या भएको थियो तर म ठिक हुनेछु। आशा गर्छु छिट्टै मैदान फर्कनेछु।” आइतबार डु प्लेसिसले ट्वीट गरेका थिए।


डु प्लेसीको टिम क्वेटा ग्ल्याडीएटर्सले ट्वीटरमा पोस्ट गर्दै उनि सिजनको आगामी खेल नखेल्ने र दक्षिण अफ्रीका फर्कने जानकारी गराएको छ – “फाफ डु प्लेसी प्रतियोगिता दौरान दुर्घटनाको कारण पीएसएलको आगामी खेलको हिस्सा हुने छैनन्। उनि दक्षिण अफ्रीका फर्कदैछन्। उनलाई शुभकामना दिंदै छिट्टै खेल मैदानमा फर्कने आशा गरेका छौँ।”


डु प्लेसिसले यो सिजन पीएसएलमा मात्र दुई खेलमा सहभागिता जनाए। पहिलो खेलमा उनले इश्लामावादसंग ५ रन बनाएका थिए भने दोश्रो खेलमा घाइते हुँदा ब्याटिंग गर्न पाएनन्।

डु प्लेसिस घाइते हुँदा क्वेटाको समस्या अझ थपिएको छ। कमजोर प्रदर्शन गरिरहेको क्वेटा लिग अंकतालिकामा ८ खेलमा मात्र २ जित हात पर्दै ४ अंक सहित छैठौं स्थानमा रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy