ख्वाजाको कीर्तिमानी शतक, इश्लामावादले बनायो पीएसएल इतिहासकै ठूलो योगफल

२०७८ असार ३, बिहीबार २०:५७

अस्ट्रेलियन ब्याट्सम्यान उस्मान ख्वाजाले अविजित शतकीय पारि खेल्दा पाकिस्तान सुपर लिग अन्तर्गत २६ औं खेलमा इश्लामावाद युनाइटेडले पेशावर जाल्मीलाई २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा जारि खेलमा टस हारेर ब्याटिंग गरेको इश्लामावादले निर्धारित २० ओभरमा २ विकेट क्षेतीमा २४७ रन बनाएको हो।

२४७ रनको योगफल पाकिस्तान सुपर लिगको इतिहासमै तथा पाकिस्तानको घरेलु टि-२० क्रिकेट इतिहासकै सर्वाधिक योगफल हो। इश्लामावादलेनै सन् २०१९ को संस्करणमा लाहोर कलन्दर्स बिरुद्ध २३८ रन बनाएको थियो जुन रेकर्ड आफैले तोड्न सफल भएको छ। लिग इतिहासमा कुनै टिमले २ सय वा त्यो माथिको योगफल तयार गरेको यो १४ औं पटक हो।


इश्लामावादको लागि कप्तान समेत रहेका ओपनर उस्मान ख्वाजाले अविजित १०५ रन बनाउने क्रममा मात्र ५६ बलमा १३ चौका र ३ छक्का प्रहार गरे। लिग इतिहासमै ख्वाजा शतक बनाउने पहिलो कप्तान बनेका छन्। टि-ट्वान्टी करियरमा ख्वाजाले बनाएको यो व्यक्तिगत तेश्रो शतक हो भने पाकिस्तान सुपर लिगमा पहिलो हो। लिग इतिहासमा बनेको यो दशौँ शतक हो भने खवाजा आठौँ ब्याट्सम्यान हुन्।

यस्तै कोलिन मुनरोले २८ बलमा ५ चौका र २ छक्का मद्दतले ४८ रन, ब्रेण्डन किंगले २२ बलमा ५ चौका र ३ छक्का मद्दतले अविजित ४६ रन तथा आसिफ अलिले १४ बलमा २ चौका र ५ छक्का मद्दतले ४३ रन बनाए।

ख्वाजाले पहिलो विकेटको लागि मुनरोसंग ९८ रनको, दोश्रो विकेटको लागि अलिसंग ४७ रनको तथा तेश्रो विकेटको लागि किंगसंग १०२ रनको साझेदारी गरे।

पेशावरको बलिंगमा समिन गुल र शोयब मलिकले समान १ विकेट लिए।

सम्बन्धित 

PSL : एकै खेलमा बन्यो लिग इतिहासकै सर्वाधिक ४७९ रन

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy