वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल अघि थाहा पाउनुस १० महत्वपूर्ण जानकारी

२०७८ असार ४, शुक्रबार १०:२८

इंग्ल्यान्डको साउथह्याम्प्टनमा आज आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलिंदैछ। टेस्ट क्रिकेट इतिहासमै पहिलो पटक भारत र न्युजिल्यान्ड उपाधिको लागि प्रतिस्पर्धा गर्दैछन्। ऐतिहासिक खेल बारे तपाईलाई आवस्यक महत्वपूर्ण जानकारीहरु प्रस्तुत गरेका छौँ –

१) कहिले र कहाँ हुनेछ खेल : भारत र न्युजिल्यान्ड बीचको वर्ल्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत फाइनल खेल जुन १८ तारिख शुक्रबार खेलिदैछ। खेल इंग्ल्यान्डको साउथह्याम्पटन स्थित द रोज बल मैदानमा नेपाली समय ३:१५ बजे दिउसो सुरु हुनेछ।

२) प्रत्यक्ष प्रशारण : खेलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्सले गर्नेछ। यस्तै डीडी स्पोर्ट्समा समेत प्रत्यक्ष प्रशारण हेर्न सकिनेछ।

३) न्युजिल्यान्ड र भारतको टिममा को-को छन् :

भारत : रोहित शर्मा, शुभमन गिल, चेतेश्वर पुजारा, बिराट कोहली (कप्तान), अजिंके रहाने, रिशभ पंत (विकेटकीपर), रभीन्द्र जडेजा, रभीचन्द्रन अश्विन, मोहम्मद शमी, इशांत शर्मा, जस्प्रित बुम्राह , मोहम्मद सिराज, रिद्दिमान शाह, हनुमा विहारी र उमेश यादव

न्युजिल्यान्ड : केन विलियमसन ( कप्तान ) , टम ब्लनडेल, ट्रेन्ट बोल्ट, डेभोन कनवे, कोलिन डी ग्रयाण्डहोम, म्याट हेनरी, कायल जेमीसन, टम लाथम, हेनरी निकोलस, एजाज पटेल, टिम साउदी, रोस टेलर, नल वागनर, बिजे वाटलिंग र विल योंग

४. कस्तो हुनेछ पिच : रोज बउल मैदानका पिच क्युरेटर साइमन लिले आफुले पिच गति, क्यारी र उछालको लागि तयार गरेको बताएका छन्। पिचले तीव्र गति बलरलाई धेरै सहयोग गर्नेछ।

खेल हुने द रोज बल स्टेडियम , साउथह्याम्पटन

५. मौसम पूर्वानुमान : मौसम पूर्वानुमानका अनुसार साउथह्याम्पटनमा टेस्टको पहिलो दिन वर्षाको सम्भावना ८०% छ। दोश्रो दिन बादल छाउने सम्भावना छ र केहि बेर मात्र वर्षाको सम्भावना रहेको छ। सबै पाँच दिन रोकी-रोकी पानिले वाधा दिन सक्ने भविष्यवाणी गरिएको छ।

६. भारतको फाइनल यात्रा : लगातार ७ जितको साथ भारतले टेस्ट च्याम्पियनसिपको यात्रा सुरु गरेता पनि फाइनलमा स्थान अन्तिम टेस्ट सिरिज सम्म पनि पक्का भएको थिएन। फेब्रुअरीमा इंग्ल्यान्ड बिरुद्ध घरेलु सिरिज क्लिन स्विप गर्दै भारत अंकतालिकाको शिर्षमा रहेर फाइनल यात्रा तय गरेको थियो। भारतले ६ वटा सिरिज खेल्दा १२ जित, ४ हार र १ बराबरी खेल खेल्दै ५२० अंक प्राप्त गरेको थियो।

७. न्युजिल्यान्डको फाइनल यात्रा : टेस्ट च्याम्पियनसिपको खराब सुरुवात गरेको न्युजिल्यान्डले त्यसपछि भने उत्कृस्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको थियो। फाइनल पुग्ने न्युजिल्यान्ड पहिलो टिम पनि थियो। न्युजिल्यान्ड;ले ५ सिरिजमा ७ जित, ४ हार बेहोर्द ४२० अंक प्राप्त गरेको थियो।

८. कति छ पुरस्कार राशि ? आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको विजेता टिमले १६ लाख डलर तथा उपविजेताले ८ लाख डलर पुरस्कार रकम जित्नेछ। यदी खेल बराबरीमा टुंगिए दुवै टिमले समान १२ लाख डलर पाउनेछ।

९. कुन बल प्रयोग हुनेछ ? फाइनलमा ग्रेड-१ ड्युक बल प्रयोग हुनेछ। आईसीसीले विशेष बल फाइनलको लागि बनाएको छ।

१०. बराबरी भए के हुन्छ ? फाइनल खेल बराबरीमा टुंगिएको खण्डमा दुवै टिमलाई संयुक्त विजेता घोषित गर्नेछ। यदी टेस्टको ५ दिनको खेल वर्षा, खराब प्रकाश लगाएतले बिथोलिएको खण्डमा छैठौं दिनमा बाँकि ओभरहरु खेलाइनेछ।

सम्बन्धित 

फाइनल अघि विलियमसनले दिए आफ्नो फिटनेस अपडेट

टेस्ट च्याम्पियनसिप फाइनलको लागि भारतको अन्तिम-११ घोषणा

वर्ल्ड टेस्ट च्याम्पियनसिपको पुरस्कार राशि घोषणा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy