WTC FINAL : भारतको राम्रो सुरुवात पछि, रोहित र गिलको विकेट लिंदै न्युजिल्यान्डको पुनरागमन

२०७८ असार ५, शनिबार १७:३३

भारत र न्युजिल्यान्ड बीच जारि आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेलको दोश्रो दिनको पहिलो सेसन समाप्ति भएको छ।

टस हारेर ब्याटिंग गरेको भारतले पहिलो सेसनमा २८ ओभर ब्याटिंग गर्दा ६९ रन बनाएर २ विकेट गुमाएको छ।

भारतको लागि ओपनर रोहित शर्मा र शुबमन गिलले ६२ रनको ओपनिंग साझेदारी गरे। २१ औं ओभरमा रोहितलाई कायल जेमीसनले टिम साउदीबाट स्लिपमा क्याच आउट गराए। रोहितले ६८ बलमा ६ चौका मद्दतले ३४ रन बनाए। २५ औं ओभरमा गिललाई निल वागनरले विकेटकपर बिजे वाटलिंगबाट क्याच आउट गराए। गिलले ६४ बलमा ३ चौका मद्दतले २८ रन बनाए।

लन्च ब्रेक हुँदा क्रिजमा चेतेश्वर पुजारा २४ बल खेल्दा खाता नखोली तथा कप्तान बिराट कोहली १२ बलमा १ चौका मद्दतले ६ रन बनाएर ब्याटिंग गरिरहेका छन्।

न्युजिल्यान्डको बलिंगमा कायल जेमीसन  ७-४-१०-१ ) र निल वाग्नर ( २-१-५-१ ) ले समान १ विकेट लिएका छन्।

न्युजिल्यान्डको अन्तिम ११ : टम लाथम, डेभोन कनवे, केन विलियमसन ( कप्तान ) , रोस टेलर, हेनरी निकोलस, बिजे वाटलिंग ( विकेटकिपर ) , कोलिन डी ग्रयाण्डहोम, कायल जेमीसन, निल वाग्नर, टिम साउदी, ट्रेन्ट बोल्ट

भारतको अन्तिम ११ : रोहित शर्मा, शुबमन गिल, चेतेश्वर पुजारा, बिराट कोहली ( कप्तान ) , अजिंके रहाने, रिशभ पन्त ( विकेटकिपर ) , रभीन्द्र जडेजा, रभचन्द्रन आश्विन, इशान्त शर्मा, मोहमम्द शामी, जस्प्रित बुम्राह

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy