सिरिज बराबरी गर्न वेस्टइन्डिजलाई चुनौतीपूर्ण लक्ष्य

२०७८ असार ७, सोमबार ०७:५८

दक्षिण अफ्रीका बिरुद्ध दुई टेस्टको सिरिज बराबरी गर्न वेस्टइन्डिजले ३२४ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ।

सेन्ट लुसिया स्थित डेरेन स्यामी स्टेडियममा जारि खेलको तेश्रो दिन समाप्तिमा लक्ष्य पछ्याउन सुरु गरेको वेस्टइन्डिजले ६ ओभरमा विकेट नगुमाई १५ रन बनाएको छ। क्रिजमा कप्तान कार्लोस ब्राथवेट ५ तथा काइरन पावेल ९ रन बनाएर अविजित छन्। जितको लागि वेस्टइन्डिजले अझै ३०९ रन बनाउनु पर्नेछ जो संग अझै दुई दिनको समय बाँकी रहेको छ।

पहिलो इनिंग्समा १४९ रनको अग्रता पाएको दक्षिण अफ्रीकाले दोस्रो इनिंग्समा ५३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १७४ रन मात्र बनाउन सक्यो। भान डर डुसेनले अविजित ७५ रन तथा कगीसो रबाडाले ४० रन योगदान दिए।

७३/७ को नाजुक स्थितिबाट डुसेन र रबाडाले आठौँ विकेटको लागि ७० रनको महत्वपूर्ण साझेदारी गरेका थिए। डुसेनले १४२ बलमा ५ चौका र १ छक्का तथा रबाडाले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे।


वेस्टइन्डिजको बलिंगमा केमार रोचले ४ विकेट ( १३-१-५२-४ ), कायल मेयरर्सले ३ विकेट ( ९-२-२४-३ ) लिए भने जेडन सिल्स, जेसन होल्डर र कार्लोस ब्राथवेटले समान १ विकेट लिए।

खेलमा टस हारेर पहिलो इनिंग्समा ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २९८ रन बनाएको थियो। वेस्ट इन्डिजले पहिलो इनिंग्समा १४९ रन मात्र बनाउन सकेको थियो।

सिरिज अन्तर्गत पहिलो टेस्ट दक्षिण अफ्रीकाले इनिंग्स र ६३ रनले जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy