६१ वर्षपछि दक्षिण अफ्रिकी खेलाडीले लिए ह्याट्रिक विकेट, वेस्टइन्डिज पराजित

२०७८ असार ८, मंगलवार ०८:१७

घरेलु टोलि वेस्टइन्डिज बिरुद्ध दुई टेस्टको सिरिज दक्षिण अफ्रीकाले २-० ले जित्न सफल भएको छ।

सेन्ट लुसिया स्थित डेरेन स्यामी नेसनल स्टेडियममा दक्षिण अफ्रीकाले दिएको ३२४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले ५८.३ ओभरमा सबै विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो र १५८ रनले टेस्ट गुमाउन पुग्यो। पहिलो टेस्ट दक्षिण अफ्रीकाले इनिंग्स र ६३ रनले जितेको थियो।

लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिज ओपनर काइरन पावेलले सर्वाधिक ५१ रन, कायल मेयर्सले ३४ रन, केमार रोचले २७ रन तथा जर्मेन ब्ल्याकवुडले २५ रन बनाए। पावेल र मेयरले गरेको तेश्रो विकेटको लागि ६४ रनको साझेदारी सर्वाधिक रह्यो। ९०/२ को अवस्थाबाट वेस्टइन्डिजको मध्यक्रम धरासायी हुँदा १०९/६ को अवस्थामा पुगेको थियो जसपछि दक्षिण अफ्रीका पूर्णतः हावी हुन पुग्यो।

महाराजको ह्याट्रिक 

दक्षिण अफ्रिकी देब्रे हाते स्पिनर केशव महाराजले ह्याट्रिक विकेट लिंदै वेस्टइन्डिजको इनिंग्स तहसनहस पारे। उनले इनिंग्सको ३७ औं ओभरको तेश्रो, चौथो र पाँचौ बलमा काइरन पावेल, जेसंन होल्डर र जोशुवा डी सिल्भालाई पेभेलियन फर्काए। यस क्रममा उन्लेया सबै तिन जनालाई क्याच आउट गराए।

दक्षिण अफ्रीकाको टेस्ट क्रिकेट इतिहासमा ह्याट्रिक लिने महाराज मात्र दोश्रो क्रिकेटर हुन्। यस अघि सन् १९६० मा दायाँ हाते पेसर जेफ ग्रीफिनले लर्ड्समा इंग्ल्यान्ड बिरुद्ध पहिलो ह्याट्रिक लिएका थिए। ६१ वर्षको अन्तरलमा दोश्रो ह्याट्रिक लिंदै महाराज पहिलो दक्षिण अफ्रिकी स्पिनर समेत बनेका छन्।


महाराजले  १७.३ ओभरको स्पेलमा ७ मेडन ओभर गर्दै ३६ रन खर्चेर ५ विकेट लिए। यस्तै कागीसो रबाडाले ३ विकेट ( १६-३-४४-३ ) तथा लुंगी एनगिडीले १ विकेट लिए।

खेलमा टस हारेर पहिलो इनिंग्समा ब्याटिंग गरेको दक्षिण अफ्रीकाले क्विन्टन डीकक रन मद्दतले २९८ रन बनाएको थियो। वियान मल्डरले ३ विकेट लिंदा वेस्ट इन्डिजले पहिलो इनिंग्समा १४९ रन मात्र बनाउन सकेको थियो। रसि भान डर डुसेनको ७५ रन मद्दतले दोश्रो इनिंग्समा दक्षिण अफ्रीकाले १७४ रन बनाएको थियो।

दोश्रो टेस्टको प्लेयर अफ द म्याच कागीसो रबाडा चुनिए भने क्विन्टन डीकक प्लेयर अफ द सिरिज घोषित भए।

दुई देश बीच जुन २६ तारिख देखि पाँच वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy