सुरु भयो नेपालको अभ्यास ( फोटो फिचर )

२०७८ असार ८, मंगलवार १०:५६

स्पेनमा जुलाई २० तारिख देखि सुरु हुने आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्कटल्याण्ड र नामिबियासंगको त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि नेपाली टिमले तयारी सुरु गरेको छ। प्रशिक्षक डेभ व्हाटमोरको नेतृत्वमा १९ जना खेलाडीहरु बन्द प्रशिक्षणमा सहभागी भएका हुन्। पृथु बास्कोटाले बन्दप्रशिक्षणबाट नाम फिर्ता लिएपछि उनको प्रतिस्थापनमा अर्को खेलाडी क्यानले घोषणा गरेको छैन।

पहिलो दिन खेलाडीहरुले मैदानमा फिटनेस तथा मैदान बाहिर रहेको अभ्यास विकेटमा ब्याटिंग र बलिंग अभ्यास गरे। वर्षालाई मध्यनजर गरेर क्यानले अभ्यास विकेटको माथि ढाकेर पानिले बाधा नपुर्याउने संरचना बनाएको छ।

फोटोहरुमा हेर्नुस अभ्यास ( फोटो – क्यान ) 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy