विश्वकप लिग-२ अन्तर्गत आगामी महिना स्पेनमा हुने स्कटल्याण्ड र नामिबियासंगको त्रिकोणात्मक एकदिवसीय सिरिजको लागि अभ्यास थालेको नेपाली क्रिकेट टिमले मंगलबार राति आसिफ शेखको जन्मदिन मनाएको छ।
टिमका युवा विकेटकिपर ब्याट्सम्यान आसिफ शेखको जन्मदिनसंगै नेपाली टिमले टिम बिल्डिंग सेसन समेत आयोजना गरेको थियो जसमा सम्पूर्ण खेलाडीहरु सहभागी रहेका थिए। टिम बिल्डिंग सेसन पछि आसिफले केक काट्दै जन्मदिन मनाएका थिए जसपछि टिमले आसिफसंग सामुहिक तस्विर समेत खिचाएको थियो।
फोटोहरुमा हेर्नुस आसिफको बर्थ डे सेलेब्रेसन र टिम बिल्डिंग सेसन ( फोटो- रमन शिवाकोटी )




