वेस्टइन्डिजको छक्का वर्षा, दक्षिण अफ्रीका रेकर्ड अन्तरले पराजित

२०७८ असार १३, आईतवार ०८:३४

१६१ रनको लक्ष्य मात्र १५ ओभरमा पछ्याउदै घरेलु टोलि वेस्टइन्डिजले दक्षिण अफ्रीका बिरुद्धको ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेल ८ विकेटले सहजै आफ्नो पक्षमा पारेको छ।

यो जित दक्षिण अफ्रीका बिरुद्ध वेस्टइन्डिजको टि-२० अन्तर्राष्ट्रिय इतिहासकै ठूलो जित हो। यस अघि दक्षिण अफ्रीका बिरुद्ध वेस्टइन्डिजको ठूलो जित ५ विकेटको थियो जुन उसले सन् २००७ मा दर्ता गरेको थियो। यस्तै ३० बल बाँकी रहँदैको जित दक्षिण अफ्रीका बिरुद्ध इतिहासकै छिटो जित हो। यस अघि २००७ को सोहि खेलमा वेस्टइन्डिज १९ बल बाँकी रहँदै विजयी भएको थियो। इतिहासमै वेस्टइन्डिजले ८ वा सो भन्दा माथिको अन्तरले मात्र ७ वटा खेल जित्न सकेको छ त्यस मध्ये ५ वटा ८ विकेटले तथा दुई वटा ९ विकेटको विजय रहेको छ।

सेन्ट जर्जिया स्थित नेसनल क्रिकेट स्टेडियममा लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिज ब्याट्सम्यानहरुले छक्का वर्षा गरेका थिए।

वेस्टइन्डिज ओपनर आन्द्रे फेल्चर र इभिन लुइसले मात्र ७ ओभरमा ८५ रन जोडे। १९ बलमा ३ चौका र २ छक्का प्रहार गरेका फेल्चर रन आउट हुन पुगे। त्यसपछि लुइस र क्रिस गेलले दोश्रो विकेटको लागि ३९ रनको साझेदारी गरे। ३५ बलमा ४ चौका र ७ छक्का प्रहार गर्दै ७१ रन बनाएका लुइस १२ औं ओभरमा तब्रेज शाम्सीबाट क्याच आउट हुन पुगे। उनले २२ बलमा अर्धशतक पुरा गरेका थिए। त्यसपछि गेल र रसेलले अविजित रहँदै टिमलाई जितसम्म पुर्याए। गेलले २४ बलमा ३ छक्का र १ चौका मद्दतले ३२ रन तथा रसेलले १२ बलमा ३ छक्का र १ चौका मद्दतले २३ रन बनाए।

४ जना वेस्टइन्डिज ब्याट्सम्यानहरुले इनिंग्समा कुल १५ छक्का तथा ९ चौका प्रहार गरे। बाउन्ड्रीबाटनै टिमले १२६ रन जोड्यो।


यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ६ विकेट क्षेतीमा १६० रन बनाएको थियो। उसको लागि भान डर डुसेनले सर्वाधिक ५६ रन बनाउने क्रममा ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। क्विन्टन डीककले ३७, कप्तान तेम्बा बभुमाले २२ रन तथा रेजा हेन्ड्रिक्सले १७ रन योगदान दिए।

वेस्टइन्डिजको बलिंगमा फाबियन एलेन ( ४-०-१८-२ ) र ड्वेन ब्राभोले ( ४-०-३०-२ ) समान २ विकेट तथा जेसन होल्डरले १ विकेट ( ३-०-२९-१ ) लिए।

सिरिज अन्तर्गत दोश्रो खेल आइतबार ( जुन २७ ) राति ११:४५ बजे सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy