चलेन वेस्टइन्डिज ब्याटिंग, दक्षिण अफ्रीकाद्वारा सिरिज बराबरी

२०७८ असार १४, सोमबार ०७:४६

दोश्रो खेलमा घरेलु टोलि वेस्टइन्डिजलाई १६ रनले पराजित गर्दै दक्षिण अफ्रीकाले ५ वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज १-१ को बराबरी गरेको छ।

नेसनल स्टेडियम, ग्रेनाडामा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले २० ओभरमा ९ विकेट क्षेतीमा १५० रन मात्र बनाउन सक्यो।

लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजको लागि आन्द्रे फेल्चरले सर्वाधिक ३५ रन, फाबीयन एलेनले ३४ रन, इभिन लुइसले २१, जेसन होल्डरले २० रन तथा ड्वेन ब्राभोले १० रन योगदान दिए।

वेस्टइन्डिजको मध्यक्रम ब्याट्सम्यानहरु क्रिस गेल ( ८ ) , निकोलस पुरन ( ९ ) , काइरन पोलार्ड ( १ ) र आन्द्रे रसेल ( ५ ) ले लगातार विकेट गुमाएपछि ४०/१ को अवस्थाबाट दक्षिण अफ्रीका ७०/५ को अवस्थामा पुगेको थियो।

अन्तिम ३ ओभरमा जितको लागि ५६ रन आवस्यक हुँदा कागीसो रबाडाले अठारौं ओभरमा १८ रन खर्चेका थिए जुन क्रममा फाबीयन एलेनले २ छक्का हिर्काउदै जितको आशा जगाएका थिए। तर लगत्तै १९ औं ओभरमा एनरिक नोर्कियाले शानदार बलिंग गर्दै मात्र २ रन खर्चिए। अन्तिम ओभरमा एलेनले ३ छक्का प्रहार गरेता पनि जितसम्म डोर्याउन असफल रहे।

दक्षिण अफ्रीकाको बलिंगमा कागीसो रबाडाले ३ विकेट ( ४-०-३७-३ ), जर्ज लिन्डेले २ विकेट ( ४-०-१९-२ ) तथा लुंगी एनगीडी, एनरिक नोर्किया र तब्रेज शाम्सीले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १६६ रन बनाएको थियो। उसको लागि कप्तान तेम्बा बभुमाले सर्वाधिक ४६, रेजा हेन्ड्रिक्सले ४२ तथा क्विन्टन डीककले २६ रन योगदान दिए। डीकक र हेन्ड्रिक्सले ७३ रनको ओपनिंग साझेदारी गर्दै टिमलाई उत्कृस्ट सुरुवात दिलाएका थिए।

वेस्टइन्डिजको बलिंगमा ओबेड म्याकोयले ३ ( ४-०-२५-३ ) , केभन सिन्क्लेयरले २ ( ४-०-२३-२ ) तथा जेसन होल्डर र आन्द्रे रसेलले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रीका ८ विकेटको रेकर्ड अन्तरले पराजित भएको थियो। सिरिज अन्तर्गत तेश्रो खेल मंगलबार ( जुन २९ ) खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy