आईसीसी पुरुष टि-२० विश्वकपको सातौँ संस्करण युनाइटेड अरब इमिरेट्स ( युएई ) र ओमानमा संयुक्तरुपमा आयोजना हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ( आईसीसी ) मंगलबार प्रतियोगिता भारतबाट सर्ने अधिकारिक घोषणा गरेको हो। बहुप्रतिक्षित प्रतियोगिता अक्टोबर १७ तारिख देखि नोभेम्बर १४ तारिखसम्म संचालन हुनेछ।
युएई र ओमानमा आयोजना हुने भएता पनि प्रतियोगिताको आयोजक भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ( बिसीसीआई ) हुनेछ। भारतले कोरोना महामारीका कारण प्रतियोगिता आफ्नो देशमा आयोजना गर्न नसक्ने निर्णय आईसीसीलाई दिएको हो।
“हामि भारतमा प्रतियोगिता आयोजना हुन नसक्दा दुखित छौँ। हाम्रो जिम्मेवारी टि-ट्वान्टी विश्वकप २०२१ सुरक्षित रुपमा निर्धारित मितिमा आयोजना गर्नु हो।” आईसीसीका कार्यवाहक अध्यक्ष जेफ अलरडाइसले जारि बिज्ञप्तिमा बताएका छन्।
प्रतियोगिताको आयोजना चार ठाउँहरु – दुबई अन्तर्राष्ट्रिय स्टेडियम, द शेख जायद स्टेडीयम ( अबुधाबी ) , द शारजाह स्टेडियम र ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा गरिनेछ। पहिलो पटक एसोसिएट राष्ट्र ओमानले आईसीसी विश्वकप आयोजना गर्न लागेको हो। ओमनामा प्रतियोगिताको पहिलो चरणको खेलहरु मात्र आयोजना हुने बताईएको छ।
टि-२० विश्वकप २०२१ मा सहभागी राष्ट्रहरु : भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रीका, न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान, बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनी
टि-२० विश्वकपमा १६ राष्ट्र सहभागी हुँदैछन्। पहिलो चरणमा १२ वटा खेल हुनेछन् जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड, स्कटल्याण्ड, नामिबिया, ओमान र पपुवा न्युगिनीलाई सहभागी हुनेछन्। पहिलो चरणमा ८ वटा टिमलाई दुई वटा समुहमा बिभाजन गरिनेछ। दुवै समुहबाट उत्कृस्ट हुने दुई/दुई टोलि सुपर १२ चरणमा खेल्न छनोट हुनेछन्।
सुपर-१२ चरणमा भारत, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रीका, न्युजिल्यान्ड, वेस्टइन्डिज, अफगानिस्तान वरियताको आधारमा स्वतः छनोट भएका हुन्।
दोश्रो चरण अर्थात् सुपर-१२ चरणमा कुल ३० वटा खेलहरु खेलिनेछन् जुन अक्टोबर २४ देखि सुरु हुनेछ। दोश्रो चरणको खेलहरु युएई, अबुधाबी र शारजाहमा खेलिने बताईएको छ। सुपर-१२ चरणमा टिमहरुलाई ६/६ वटा टिमको दुई वटा समुहमा बिभिजन गरिनेछ। त्यसपछि दुवै समुहको उत्कृस्ट दुई टिमहरुले सेमीफाइनल र त्यसपछि फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
टि-२० विश्वकप २०२१ आयोजना हुने चारवटा स्टेडियम







