भारतलाई उछिन्दै श्रीलंका बन्यो सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय हार्ने टिम

२०७८ असार १८, शुक्रबार १३:४८

इंग्ल्यान्डसंग तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा गय राति ८ विकेटको हारसंगै श्रीलंका एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै सबैभन्दा धेरै खेल हार्ने टिम बनेको छ।

४६ वर्ष अघि सन् १९७५ मा वेस्टइन्डिज बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेको श्रीलंकाले हालसम्म कुल ८६० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ जुन क्रममा ३९० खेल जितेको छ भने ४२८ वटा खेल हारेको छ। यस्तै ५ वटा खेल बराबरीमा टुंगिएको छ भने ३७ वटा खेल नतिजाविहिन रहेको छ।

खराब रेकर्ड बनाउने क्रममा श्रीलंकाले भारतलाई पछि पारेको हो। एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासमा दोश्रो धेरै खेल हार्ने टिम भारत हो जसले कुल ९९३ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको छ जुन क्रममा ४२७ खेलमा हार बेहोर्दा ५१६ खेल जितेको छ भने ९ खेल बराबरी तथा ४१ खेल नतिजाविहिन रहेको थियो।  तेश्रो धेरै हार बेहोर्ने टिम पाकिस्तान हो जसले ९३३ खेलमा ४१४ हार र ४९० जित दर्ता गरेको छ। चौथो स्थानमा रहेको वेस्टइन्डिजले ८२८ खेलमा ३८४ हार र ४०४ जित दर्ता गरेको छ।

सबैभन्दा धेरै एकदिवसीय अन्तर्राष्ट्रिय हार्ने टिम : १. श्रीलंका – ४२८ , २. भारत – ४२७ , ३. पाकिस्तान – ४१४ , ४. वेस्टइन्डिज – ३८४ , ५. जिम्बाब्वे – ३७५ , ६.न्युजिल्यान्ड – ३७४ , ७. इंग्ल्यान्ड – ३३९ ८. अस्ट्रेलिया – ३३३ , ९. बंगलादेश – २४५,  १०. दक्षिण अफ्रीका – २१८

सबैभन्दा धेरै एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने टिम : १. भारत – ९९३ , २. अस्ट्रेलिया – ९५५, ३. पाकिस्तान – ९३३, ४. श्रीलंका – ८६० , ५.वेस्टइन्डिज – ८२८ , ६.इंग्ल्यान्ड – ७५७ , ७. न्युजिल्यान्ड – ७७५ , ८. दक्षिण अफ्रीका – ६२८ , ९. जिम्बाब्वे – ५३२ , १०. बंगलादेश – ३८५

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत पहिलो खेल सन् १९७१ जनवरीमा इंग्ल्यान्ड र अस्ट्रेलिया बीच अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउण्डमा खेलिएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy