एसेजको लागि फिट हुन स्मिथले टि-२० विश्वकप त्याग्न सक्ने

२०७८ असार १९, शनिबार १५:४५

अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले एसेज सिरिजको लागि फिट हुन टि-२० विश्वकप छोड्न तयार रहेको बताएका छन्।

कुइनोको चोटका कारण स्मिथले वेस्टइन्डिज र बंगलादेशसंगको सिमित ओभर सिरिजबाट नाम फिर्ता लिएका थिए।

२०२१ टि-२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ तारिखसम्म संयुक्त अरब इमिरेट्स ( युएई ) र ओमानमा आयोजना हुँदैछ भने एसेज सिरिज डिसेम्बर ८ तारिख देखि सुरु हुनेछ।

“अझै टि-२० विश्वकपको लागि थोरै समय बाँकि छ र म सहि दिशामा गैरहेको छ। ढिलो भएता पनि राम्रो हुँदैछ। मलाई विश्वकपको हिस्सा हुने चाहना छ तर मेरो दृष्टिकोणमा टेस्ट क्रिकेटनै मेरो प्रमुख लक्ष्य हो। त्यसैले एसेज सिरिजको लागि तयार हुनको लागि र पछिल्लो एसेज सिरिजमा मैले जे गरेको छु त्यसलाई दोहोर्याउनको लागि म प्रयास गरिरहेको छु।” स्मिथले Cricket.com.au लाई बताए।

“म आफुलाई त्यस्तो स्थानमा लैजान चाहन्छु जहाँ मेरो त्यस्तै प्रभाव होस्। त्यसको मतलब विश्वकपमा सहभागी नहुनु हो भने म त्यही बाटोमा हिन्नेछु। तर आशावादी छु कि त्यस्तो यात्रा नहोस्।” उनले थपे।

स्मिथले एसेजनै पहिलो प्राथमिकता रहेको र पाँच वटा टेस्टमा फिट हुनको लागि जेसुकै गर्न तयार रहेको बताएका छन्।

“एसेज मेरो पहिलो प्राथमिकता हो त्यसैले म लामो समय ब्याटिंग गर्नको लागि तयार हुनु पर्नेछ। वर्तमानमा म त्यस्तो अवस्थामा म छैन जुन कस्टकर छ।”

“गार्हो भएता पनि म सुस्त रुपमा त्यहाँ पुग्दै छु। जो लाखौँ बल खेल्ने अवस्था चाहन्छ त्यसको लागि १५ मिनेटमै सिमित हुनु राम्रो हैन। तर म बुझ्छु कि यस्तो कुराको लागि समय लाग्न सक्छ। गर्मिको सिजनको लागि आफूलाई ठिक गर्नको लागि मैले यो प्रक्रियालाई गम्भीरतापूर्वक लिनु पर्छ जसको लागि समय आवस्यक छ।”

स्मिथले एसेज सिरिजमा खेलेको १४ वटा टेस्टमा ९३.७६ को औशतले १,९६९ रन बनाएका छन् जुन क्रममा ८ वटा शतक प्रहार गरेका छन्। २०१९ मा इंग्ल्यान्डमा सम्पन्न एसेजमा स्मिथले ४ खेलको ७ इनिंग्समा ब्याटिंग गर्दै ३ शतक र ३ अर्धशतक मद्दतले ७७४ रन बनाएका थिए।

आफ्नो चोटको बारे बोल्दै स्मिथले बताए – “म आईपीएलको दौरान पनि शत प्रतिशत फिट थिईन। त्यसबेला मैले प्रत्येक खेलमा पेन किलर खाएर ब्याटिंग गरेको थिए। चोट त्यस्तो विन्दुमा पुग्यो जहाँबाट धेरै सुधार भैरहेको थिएन। त्यहाँ भएको बेला सायद यो अझै बिग्रियो। पछिल्लो केहि सातामा केहि प्रगति भएको छ। मैले केहि ब्याटिंग सुरु गरेको छु , एक पटकमा मात्र १० मिनेट। र यही अवस्थाबाट म खेलमा फर्कन बाटो बनाइरहेको छ।” उनले थपे।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy