सेप्टेम्बर २५ देखि अक्टोबर ९ ( असोज ९ देखि २३ गते ) सम्म आयोजना हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग टि-२० ( इपिएल ) मा स्टार लेग स्पिनर सन्दिप लामिछानेले काठमाडौँ किंग्स-११ बाट खेल्न सम्झौता गरेका छन्।
ललितपुर पेट्रिएट्सबाट गत वर्ष ट्रेड गर्दै किंग्स-११ ले सन्दिपलाई भित्र्याएको थियो तर औपचारिक रुपमा भने सम्झौता हुन पाएको थिएन। इंग्ल्यान्डको घरेलु लिग ‘द हन्ड्रेड’ खेल्न बिहिबार प्रस्थान गर्नु अघि सन्दिपसंग बुधबार टिमले अधिकारिक सम्झौता गरेको हो। सन्दिप टिमको मार्की खेलाडी हुनेछन्।
सम्झौतापत्रमा सन्दिप र टेली होल्डिंग प्राइभेट लिमिटेडका अध्यक्ष रोहित गुप्ताले हस्ताक्षर गरे।प्रत्येक वर्ष रिभ्यु गर्ने गरि तिन वर्षे सम्झौता गरिएको टिमका प्रमुख कार्यकारी अधिकृत राज थापाले विकेटनेपाललाई जानकारी गराएका छन्। सम्झौता रकम बारे भने दुवै पक्ष मौन रहेको छ।
Here are the glimpses from the signing ceremony of the the most prolific leg spinners in the world, the one and only….@Sandeep25 Welcome to the family!!!#SandeepLamichhane #kkxi #kathmandukingsxi #kathmandukings #cricket #cricketnepal #playersigning #NepaliCricket #EPL pic.twitter.com/SAqp4suOyt
— Kathmandu Kings XI (@KathmanduKings) July 7, 2021
सम्झौता पछि सन्दिपले ट्वीटरमार्फत खुसि व्यक्त गरेका छन् – “काठमाडौँ किंग्स-११ परिवारको हिस्सा हुन पाउदा खुसि छु। आगामी सिजनको लागि उत्साहित छु र व्यग्रताका साथ प्रतीक्षा गर्दैछु।”
इपिएलमा सन्दिप लामिछानेले गत सिजन ज्ञानेन्द्र मल्ल कप्तानीको ललितपुर पेट्रिएट्सको प्रतिनिधित्व गरेका थिए जुन क्रममा मात्र दुई खेल खेलेपछि बिग ब्यास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गरेका थिए। त्यस अघि सन्दिपले पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगको एउटा सिजन भने पुरै खेलेका थिए। त्यसपछि यो वर्ष काठमाडौँ मेयर कपमा काठमाडौँ मेयर्स-११ को कप्तानी गर्दै सन्दिपले पहिलो पटक घरेलु प्रतियोगितामा सहभागिता जनाएका थिए।
गत वर्षनै काठमाडौँले आफ्नो मार्की खेलाडी समेत रहेका सोमपाल कामि चितवन टाइगर्सलाई ‘ट्रेड’ गर्दै चितवन टाइगर्सका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरीलाई टिममा भित्र्याएको थियो।
गत वर्ष काठमाडौँले टिमको विदेशी खेलाडीको रुपमा न्युजिल्यान्डका कोरे एण्डरसन र आयरल्याण्डका केभिन ओ ब्रायनसंग सम्झौता गरिसकेको थियो। तर यो वर्ष दुवै क्रिकेटर खेल्ने या नखेल्ने निश्चित नभइसकेको सीईओ थापाले जानकारी गराए। लिगको प्रत्येक टिमले तिन जना विदेशी खेलाडीलाई अन्तिम-११ मा समाबेश गर्न पाउछ।
काठमाडौँ किंग्स-११ मा सन्दिप बाहेक दिपेन्द्र ऐरी, जितेन्द्र मुखिया, सुबास खकुरेल, राजु रिजाल, अमृत भट्टराई, अमित श्रेष्ठ, संसाद शेख, अमर सिंह रौटेला, आकाश चन्द, शेर मल्ल र दिपेन्द्र रावत नेपाली खेलाडीको रुपमा रहेका छन्।
पछिल्लो सिजन २०१८ मा काठमाडौँ किंग्स-११ लिग अंक तालिकाको दोश्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गर्न सफल रहेको थियो। पहिलो र दोश्रो क्वालिफायरमा ललितपुर र भैरहवासंग पराजित हुँदै टिमको यात्रा समाप्त भएको थियो।
सम्बन्धित :
EPL : काठमाडौँ किंग्स एघारद्वारा मुख्य प्रशिक्षकको लागि आवेदन माग
एभरेस्ट प्रिमियर लिगको नयाँ मिति सार्वजनिक
https://www.youtube.com/watch?v=4lpwk8-0XM8
