भारत-श्रीलंका सिरिज सर्ने

२०७८ असार २५, शुक्रबार २०:३८

भारतको श्रीलंका भ्रमण अन्तर्गत सिमित ओभरको सिरिज सर्ने भएको छ।

क्रिक्बजका अनुसार श्रीलंकन क्रिकेट टिमका सदस्यहरु कोरोना संक्रमित भएपछि सिरिज सार्न लागिएको हो। तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जुलाई १३ तारिख देखि सुरु हुने थियो जुन अब जुलाई १७ या १८ तारिखबाट सुरु हुनेछ।

संक्रमित खेलाडीहरुको क्वारेन्टाइन अवधि बढाउन श्रीलंकन बोर्डले उक्त निर्णय गर्न लागेको हो। श्रीलंकाका ब्याटिंग प्रशिक्षक ग्रान्ट फ्लावर तथा टिम एनालिस्ट इंग्ल्यान्ड भ्रमणबाट फर्किएपछि कोभिड-१९ संक्रमित भएका थिए।

श्रीलंका क्रिकेटले चाडैनै नयाँ खेलतालिका सार्वजनिक गर्नेछ। यस अघिको खेल तालिका अनुसार तिन वटा एकदिवसीय जुलाई १३ देखि १८ तारिखसम्म तथा टि-२० अन्तर्राष्ट्रिय सिरिज जुलाई २१ देखि २५ सम्म आर प्रेमदासा स्टेडियम कोलोम्बोमा खेलिने तालिका रहेको थियो।

इंग्ल्यान्ड भ्रमणबाट २१ जना खेलाडीहरु जुलाई ११ तारिखसम्म आइसोलेसनमा रहने हुनाले श्रीलंका बोर्डसंग तयारी बिनानै सिरिजमा सहभागी हुने तथा अर्को टिम खेलाउने बिकल्प पनि रहेको थियो। टिमको जुलाई १० तारिख शनिवार अर्को कोभिड-१९ टेस्ट हुने छ जसमा सम्पूर्ण टिमको रिपोर्ट नेगेटिभ आएको खण्डमा टिमले ११ जुलाई बेलुका अभ्यास सुरु गर्न सक्नेछ। दुई बिकल्प भन्दा सिरिज केहि दिन सार्ने बिकल्पमा श्रीलंका बोर्ड अघि बढेको हो।

श्रीलंका बोर्डले खेलको प्रशारक सोनी च्यानल तथा भारतीय क्रिकेट बोर्डसंग यो विषयमा छलफल गरिसकेको छ।

सिरिजको लागि शिखर धवनको कप्तानी तथा राहुल द्रविडको मुख्य प्रशिक्षणमा रहेको भारतीय क्रिकेट टिम श्रीलंका पुगेर हाल अभ्यासमा व्यस्त रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy