दक्षिण अफ्रीकाको आयरल्याण्ड भ्रमण अन्तर्गत तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रीका ३३ रनले विजयी भएको छ। सिरिजमा भ्रमण टोलिले १-० को अग्रता हाँसिल गरेको छ।
डब्लिन स्थित द भिलेज मैदानमा सम्पन्न खेलमा दक्षिण अफ्रीकाले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १३२ रन मात्र बनाउन सक्यो।
आयरल्याण्डको ब्याटिंगमा ह्यारी टेक्टरले सर्वाधिक ३३ रन, ब्यारी म्याकार्थीले अविजित ३० रन, कप्तान एन्ड्रयु बालबर्नीले २२ रन तथा जोशुवा लिटलले अविजित १५ रङ योगदान दिए। म्याकार्थी र लिटल बीच दशौँ विकेटको लागि ४४ रनको साझेदारीले आयरल्याण्ड लज्जास्पद हारबाट जोगिन पुग्यो।
दक्षिण अफ्रीकाको बलिंगमा विश्व नम्बर-एक देब्रे हाते चाइनाम्यान बलर तब्रेज शाम्सीले सर्वाधिक ४ विकेट लिए। प्लेयर अफ द म्याच चुनिएका उनले ४ ओभर बलिंग गर्दै २७ रन खर्चिए जुन क्रममा आयरल्याण्डको मध्यक्रम तहसनहस पारे। जर्ज लिंडे ( ४-०-२६-२ ) र लुंगी एनगीडीले ( ४-०-१८-२ ) समान २ विकेट तथा कागीसो रबाडाले १ विकेट ( ४-०-२८-१ ) लिए।
☝️ 4/27 off 4.0@shamsi90 was at his brilliant best as @OfficialCSA beat Ireland by 33 runs.#IREvSA pic.twitter.com/oaaZhfq3pJ
— ICC (@ICC) July 19, 2021
टस हारेर पहिले ब्याटिंग गरेको दक्षिण अफ्रीकाले २० ओभरमा ७ विकेट क्षेतीमा १६५ रन बनाएको थियो।
दक्षिण अफ्रीकाको लागि एडेन मारक्रमली सर्वाधिक ३९ रन बनाए जुन क्रममा ३० बलमा २ चौका र २ छक्का प्रहार गरे। यस्तै डेभिड मिलरले २८, भान डर डुसेनले २५, क्विन्टन डीककले २० अटथा कागीसो रबाडाली अविजित १९ रन योगदान दिए।
४४ रनमा ३ विकेट गुमाएको अवस्थामा मारक्रमले डुसेनसंग ३५ रनको तथा मिलरसंग ३६ रनको साझेदारी गरेका थिए। आठौं विकेटको लागि रबाडाले लिजाड विलियम्ससंग अन्तिम ९ बलमा २१ रन जोडे।
आयरल्याण्डको बलिंगमा मार्क अडेरले ३ विकेट ( ४-०-३९३ ) तथा सिमि सिंह ( ४-०-१९-२ ) र जोशुवा लिटल ( ४-०-२७-२ ) ले समान २ विकेट लिए।
सिरिज अन्तर्गत दोश्रो खेल जुलाई २२ तथा तेश्रो खेल जुलाई २४ तारिखमा खेलिनेछ। यस अघि सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रियको सिरिज १-१ को बराबरीमा टुंगिएको थियो।
