बंगलादेशको जिम्बाब्वे भ्रमण अन्तर्गत तिन वटा खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत अन्तिम खेल जारि रहेको छ।
हरारे स्थित हरारे स्पोर्ट्स क्लब मैदानमा टस हारेर ब्याटिंग गरेको जिम्बाब्वेले ४९.३ ओभरमा सबै विकेट गुमाएर २९८ रन बनाउदै बंगलादेशलाई २९९ रनको लक्ष्य प्रस्तुत गरेको छ।
जिम्बाब्वेको लागि ओपनर रेगिस चकाभाले सर्वाधिक ८४ रन योगदान दिए जुन क्रममा उनले ९१ बलमा ७ चौका र १ छक्का प्रहार गरे। रायन बर्लले ५९ रन, सिकन्दर राजाले ५७ रन, डायन मेयर्सले ३४ रन तथा कप्तान ब्रेण्डन टेलर ले २८ रन योगदान दिए।
#3rdODI | FIFTY! Regis Chakabva has scored his 3rd ODI 5⃣0⃣ off 6⃣2⃣ deliveries, with 4⃣ boundaries! 🙌#ZIMvBAN | #IspahaniODISeries | #VisitZimbabwe | #BowlOutCovid19 pic.twitter.com/wSsSmDyzum
— Zimbabwe Cricket (@ZimCricketv) July 20, 2021
चकाभाले ओपनर ताडीवानाशे मारुमानीसंग ३६ रन, ब्रेण्डन टेलरसंग ४२ रनको तथा डायन मेयर्ससंग ७१ रनको साझेदारी गरेका थिए। ३५ औं ओभरमा चकाभालाई तास्किन एहमदले बोल्ड गरे। त्यसपछि सिकन्दर राजा र रायन बर्लले छैठौं विकेटको लागि ११२ रनको साझेदारी गरे। राजालाई ४८ औं ओभरमा मुस्तफिजुर रहमानले तथा बर्ललाई ४९ औं ओभरमा मोहम्मद सैफुद्दीनले पेभेलियन फर्काए।
बंगलादेशको बलिंगमा दायाँ हाते पेसर मोहम्मद सैफुद्दीनले ३ विकेट लिएता पनि महँगो सावित हुने क्रममा ८ ओभरमा ८७ रन खर्चिए। मुस्तफिजुर रहमानले पनि समान ३ विकेट लिंदा ९.३ ओभरमा ५७ रन खर्चिए। महमुदुल्लाहले २ विकेट ( १०-०-४५-२ ) तथा शाकिब अल हसन ( १०-०-४६-१ ) र तास्किन एहमद ( १०-१-४८-१ ) ले समान १ विकेट लिए।
सिरिज अन्तर्गत पहिलो र दोश्रो खेलमा बंगलादेश क्रमशः १५५ रन र ३ विकेटले विजयी भएको थियो।
