रोमान्चक तेश्रो खेल ३ विकेटले आफ्नो पक्षमा पार्दै घरेलु टोलि इंग्ल्यान्डले पाकिस्तान बिरुद्धको तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-१ ले जितेको छ। सिरिज अन्तर्गत पहिलो खेल पाकिस्तानले ३१ रनले जितेको थियो भने दोश्रो खेल ४५ रनले इंग्ल्यान्डले जितेको थियो।
म्यानचेस्टर स्थित ओल्ड ट्रयाफर्ड स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले दिएको १५५ रनको लक्ष्य इंग्ल्यान्डले १९.४ ओभरमा ७ विकेट क्षेतीमा भेटायो।
राम्रो सुरुवात गरेको इंग्ल्यान्डको लागि ओपनरद्वय जेसन रोय र जोस बटलरले ६७ रनको साझेदारी गरेका थिए। २१ रन बनाएका बटलरलाई शदाव खानले क्याच आउट गराए। ३६ बलमा १२ चौका र १ छक्का मद्दतले ६४ रन बनाएका रोय ११ औं ओभरमा उस्मान कादिरबाट क्याच आउट भए। त्यसपछि जोनी बेयरस्टो र मोईन अलि लामो समय क्रिजमा जम्न सकेनन्।
Pakistan breathe a sigh of relief as Jason Roy skies a catch to Fakhar Zaman.
He goes for 64 off 36 💥#ENGvPAK | https://t.co/oSyqixmg7T pic.twitter.com/FMPx8NIMbG
— ICC (@ICC) July 20, 2021
१५ ओभरमा ११२/४ को अवस्थाबाट मलानले मोर्गनले ३१ रनको साझेदारी गरे। जितको लागि १२ रन आवस्यक हुँदा १९ औं ओभरको चौथो बलमा ३१ रन बनाएका मलानलाई मोहम्मद हफिजले बोल्ड गर्दै पाकिस्तानलाई खेलमा फर्काए। लगत्तै बलमा छक्का प्रहार गरेका लियाम लिभिंगस्टोन पनि अन्तिम बलमा क्याच आउट हुन पुगे।
अन्तिम ओभरमा जितको लागि ६ रन आवस्यक रह्यो। हसन अलिको पहिलो बलमा मोर्गनले २ रन लिए भने लगत्तै बलमा क्याच आउट हुन पुगे जस अघि उनले १२ बलमा २१ रन बनाए। त्यसपछि लगातार २ बलमा क्रिस जोर्डनले २/२ रन बनाउदै इंग्ल्यान्डलाई जितसम्म पुर्याए।
पाकिस्तानको बलिंगमा अफस्पिनर मोहम्मद हफिजले सर्वाधिक ३ विकेट ( ४-०-२८-३ ) लिए भने इमाद वासिम, हसन अलि, उस्मान कादिर र शदाव खानले समान १ विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट क्षेतीमा १५४ रन बनाएको थियो।
पाकिस्तानको लागि मोहम्मद रिजवानले सर्वाधिक अविजित ७६ रन बनाए जुन क्रममा ५७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। फखर जमानले २४, हसन अलिले अविजित १५, सोहेब मक्सुदले १३ तथा बाबर आजमले ११ रन बनाए।

रिजवानले कप्तान आजमसंग ४२ रनको ओपनिंग साझेदारी गरेका थिए। छैठौं ओभरमा आदील रशिदले आजमलाई स्टम्पिंग गराए। त्यसपछि रशिदले मक्सुद र हफिजलाई क्याच आउट गराए। चौथो विकेटको लागि रिजवान र फखर जमानले ४५ रन जोडे। जमानलाई मोईन अलिले १६ औं ओभरमा एलबिडब्लु पारे। शदाब खान र इमाद वासिम लगत्तै ओभरहरुमा आउट हुन पुगे जसपछि रिजवानले सातौं विकेटको लागि हसन अलिसंग २५ रनको अविजित साझेदारी गर्दै योगफल १५० पार गराए।
इंग्ल्यान्डको बलिंगमा लेग स्पिनर आदील रशिदले सर्वाधिक ४ विकेट लिने क्रममा ४ ओभर बलिंग गर्दै ३५ रन खर्चिए। मोईन अलिले १ विकेट ( ४-०-१९-१ ) लिए।
खेलक प्लेयर अफ द म्याच जेसन रोय घोषित भए। प्लेयर अफ द सिरिज लियाम लिभिंगस्टोन घोषित भए जसले पहिलो खेलमा शतक ( १०३) मद्दतले ३ खेलमा कुल १४७ रन बनाए।
दुई देश बीच यस अघि सम्पन्न एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज इंग्ल्यान्डले ३-० ले क्लिन स्विप गरेको थियो।
