अभ्यास खेलमा जडेजा र राहुलको उत्कृस्ट प्रदर्शन

२०७८ श्रावण ८, शुक्रबार ०७:५६

भारतको इंग्ल्यान्ड भ्रमण अन्तर्गत अगस्ट ४ देखि सुरु हुने पाँच टेस्टको सिरिज अघि भारत र काउन्टी सेलेक्स-११ बीचको तिन दिवसीय अभ्यास खेल बराबरीमा सकिएको छ।

गय राति सम्पन्न खेलमा भारतले दिएको २८४ रनको लक्ष्य पछ्याउने क्रममा काउन्टी-११ ले विकेट नगुमाई ३१ रन बनाएको थियो जति बेला तेश्रो दिनको खेल समाप्त हुँदा खेल बराबरीमा टुंगिएको हो।

खेलमा टस जितेर ब्याटिंग रोजेको भारतले पहिलो इनिंग्समा ३११ रन बनाएको थियो।काउन्टी-११ ले पहिलो इनिंग्समा २२० रनमा सम्पूर्ण विकेट गुमाएको थियो। भारतले दोश्रो इनिंग्समा ३ विकेट गुमाएर १९२ रन बनाउदा इनिंग्स समाप्तिको घोषणा गर्दै २८४ रनको लक्ष्य दिएको थियो।

भारतको पहिलो इनिंग्समा केएल राहुलले १०१ रन तथा रभीन्द्र जडेजाले ७५ रन बनाएका थिए। मायाँक अग्रवालले २८, हनुमा विहारीले २४, शार्दुल ठाकुरले २० रन बनाए। कप्तान रोहित शर्माले ९ रन मात्र बनाउन सके। दोश्रो इनिंग्समा चौथो नम्बरमा ब्याटिंग गरेका रभीन्द्र जडेजाले सर्वाधिक ५१ रन बनाए भने मायाँक अग्रवालले ४७, हनुमा विहारीले अविजित ४३ तथा चेतेश्वर पुजाराले ३८ रन बनाए। दोश्रो इनिंग्समा रोहितले ब्याटिंग गरेनन्।

भारतको बलिंगमा पहिलो इनिंग्समा उमेश यादवले सर्वाधिक ३ विकेट, मोहम्मद सिराजले १ विकेट तथा जस्प्रित बुम्राह, शार्दुल ठाकुर, रभीन्द्र जडेजा र अक्षर पटेलले समान १ विकेट लिए।

काउन्टी सेलेक्ट-११ का ओपनर हसिब हमिदले पहिलो इनिंग्समा ११२ रन बनाएका थिए। बलिंगमा पहिलो इनिंग्समा क्रेग माइल्सले ४ तथा लिन्डन जेम्स र लियम प्याटरसनले समान २ विकेट लिएका थिए। दोश्रो इनिंग्समा ज्याक कर्सनले २ विकेट लिए।

खेलमा भारतीय कप्तान बिराट कोहली र अजिंके रहाने ढाडको समस्याका कारण खेलेनन्। कोहली खेलको दौरान नेटमा ब्याटिंग गरिरहेको भने देखिएका थिए।


इंग्ल्यान्ड भ्रमण अन्तर्गत पहिलो टेस्ट नटिंघममा अगस्ट ४ तारिख देखि खेलिनेछ। दोश्रो टेस्ट अगस्ट १२ देखि, तेश्रो टेस्ट अगस्ट २५ देखि, चौथो टेस्ट सेप्टेम्बर २ देखि तथा पाँचौ टेस्ट सेप्टेम्बर १० देखि सुरु हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy