पहिलो खेलमा घरेलु टोलि श्रीलंकालाई ३८ रनले पराजित गर्दै भारतले तिन खेलको टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।
कोलोम्बो स्थित आर प्रेमदाशा स्टेडियममा सम्पन्न खेलमा भारतले दिएको १६५ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो।
लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले निरन्तर अन्तरलमा विकेट गुमाउन पुग्यो। तेश्रो ओभरमा मिनोद भानुका १० रन बनाएर क्रुनाल पान्ड्याबाट क्याच आउट भए। सातौँ ओभरमा युजभेंद्र चाहलले ९ रन बनाएका धनन्जय डी सिल्भालाई बोल्ड गरे भने लगत्तै ओभरमा २६ रन बनाएका अभिस्का फर्नान्डोलाई भुवनेश्वर कुमारले क्याच आउट गराए।
चौथो विकेटको लागि चरिथ असलंकाले अशेन बन्डारासंग ४० रन जोडे। ९ रन बनएका बन्डारालाई १३ औं ओभरमा हार्दिक पान्ड्याले बोल्ड गरे। आक्रामक ब्याटिंग गरिरहेका असलंकालाई १६ औं ओभरमा दिपक चाहरले क्याच आउट गराउदै भारतलाई खेलमा हावी गराए। असलंकाले २६ बलमा ३ चौका र ३ छक्का मद्दतले ४४ रन बनाए। सोहि ओभरमा चाहरले वानिन्दु हसरंगालाई बोल्ड गरे जसपछि भारत पूर्णतः खेलमा हावी रह्यो। कप्तान दासुन शनाका १६ रन बनाएर १८ औं ओभरमा आउट हुँदा श्रीलंकाको सम्पूर्ण आशा समाप्त भयो।
असलंकाको विकेट जानु अघि १११/४ को अवस्थाबाट श्रीलंकाले थप ६ विकेट गुमाउदा योगफलमा १५ रन मात्र जोड्न सक्यो।
भारतको बलिंगमा भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट ( ३.३-०-२२-४ ) लिए भने दिप चाहरले २ विकेट ( ३-०-२४-२ ) लिए। यस्तै क्रुनाल पान्ड्या ( २-०-१६-१ ) , वरुण चक्रवर्ती ( ४-०-२८-१ ), युजभेन्द्र चाहल ( ४-०-१९-१ ) र हार्दिक पान्ड्याले ( २-०-१७-१ ) समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट क्षेतीमा १६४ रन बनाएको थियो।
टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका ओपनर पृथ्वी श पहिलो बलमै दुश्मन्था चमिराबाट क्याच आउट भएपछि दोश्रो विकेटको लागि कप्तान शिखर धवनले संजु स्यामसनसंग ५१ रन जोडे। २० बलमा २ चौका र १ छक्का मद्दतले २७ रन बनाएका स्यामसनलाई वानिन्दु हसरंगाले एलबिडब्लु आउट गराए। धवनले तेश्रो विकेटको लागि सूर्यकुमार यादवसंग ६२ रन जोडे।
FIFTY for SKY! 👏 👏
His 2⃣nd half-century in T20Is. 👍 👍 #TeamIndia #SLvIND
Follow the match 👉 https://t.co/GGk4rj2ror pic.twitter.com/wa4GS4QnBi
— BCCI (@BCCI) July 25, 2021
धवनले १५ औं ओभरमा चमिका करुनारत्नेबाट क्याच आउट हुनु अघि ४६ रन बनाए जुन क्रममा ३६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। करियरको दोश्रो अर्धशतक पुरा गरेपछि यादव १६ औं ओभरमा हसरंगाबाट क्याच आउट भए। त्यस अघि यादवले ३४ बलमा ५ चौका र २ छक्का मद्दतले ५० रन बनाए। त्यसपछि हार्दिक पान्ड्या मात्र १० रन बनाएर चमिराबाट क्याच आउट भए। त्यसपछि इशान किशनले एक किनार सम्हाल्दै अविजित २० रन बनाए जुन क्रममा १४ बलमा १ चौका र १ छक्का प्रहार गरे।
इनिंग्सको अन्तिम ५ ओभरमा भारतले २ विकेट क्षेतीमा ४३ रन बनायो।
श्रीलंकाको बलिंगमा दुश्मन्था चमिरा ( ४-०-२४-२ ) र वानिन्दु हसरंगा ( ४-०-२८-२ ) ले समान २ विकेट लिए भने चमिका करुनारत्नेले १ विकेट लिए।
सिरिज अन्तर्गत दोश्रो खेल जुलाई २७ र तेश्रो खेल जुलाई २९ तारिखमा खेलिनेछ। यस अघि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज भारतले २-१ ले जितेको थियो।
