निर्णायक खेलमा अस्ट्रेलिया विजयी, स्टार्क सिरिजकै उत्कृस्ट

२०७८ श्रावण १२, मंगलवार ०७:२१

तेश्रो तथा निर्णायक खेलमा वेस्टइन्डिजलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले वेस्टइन्डिज भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ।

बार्बेडोस स्थित केनसिंगटन ओभल मैदानमा सम्पन्न खेलमा वेस्टइन्डिजले दिएको १५३ रनको लक्ष्य अस्ट्रेलियाले १९.३ ओभर बाँकी रहँदै भेटायो।

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले सुरुवाती ४ विकेट ९९ रनमा गुमाएको थियो। त्यसपछि म्याथु वेडले एस्टन एगरसंग अविजित ५४ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। वेडले त्यसअघि चौथो विकेटको लागि मिचेल मार्शसंग ३४ रन जोडेका थिए।

म्याथु वेडले सर्वाधिक अविजित ५१ रन बनाए भने कप्तान एलेक्स केरीले ३५ रन, मिचेल मार्शले २९ रन तथा एस्ट एगरले अविजित १९ रन बनाए।

वेस्टइन्डिजको बलिंगमा शेल्डन कटरेल, अकेल होसेन, अल्जारी जोसेफ र हेडन वाल्सले समान १ विकेट लिए।


यस अघि टस जितेर ब्याटिंग गरेको वेस्टइन्डिजले ४५.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५२ रन मात्र बनाउन सकेको थियो।

ओपनर इभिन लुइसले सुरुवात देखि अन्तिमसम्म ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले उनलाई राम्रो साथ दिन सकेनन्। लुइस र अल्जारी जोसेफ बीच सातौं विकेटको लागि भएको ४४ रनको साझेदारी इनिंग्सको सर्वाधिक साझेदारी रह्यो।

लुइसले अविजित ५५ रन बनाए जुन क्रममा ६६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। ड्वेन ब्राभोले १८ रन, अल्जारी जोसेफले १५ रन, शाई होपले १४ तथा कप्तान काईरन पोलार्ड ११ रन योगदान दिए।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले सर्वाधिक ३ विकेट ( ९.१-०-४३-३ ) लिए भने जोश हेजलवुड ( ८-१-१८-२ ) , एस्टन एगर ( १०-१-३१-२ ) र एडम जाम्पा ( १०-२-२९-२ ) ले समान २ विकेट लिए। एस्टन टर्नरले १ विकेट लिए।

सिरिजको उत्कृस्ट खेलाडी मिचेल स्टार्क चुनिए जसले ३ खेलमा ११ विकेट लिए। उनले पहिलो खेलमा ५ विकेट तथा दोश्रो र तेश्रो खेलमा समान ३ विकेट लिए।

सिरिजको पहिलो खेल अस्ट्रेलियाले १३३ रनले जितेको थियो भने दोश्रो खेल वेस्टइन्डिजले ४ विकेटले जितेको थियो। दुई देश बीच यस अघि सम्पन्न टि-२० सिरिज भने वेस्टइन्डिजले ४-१ ले जित्न सफल भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy