क्यान प्रदेश-२ द्वारा विश्वकीर्तिमानी आलमलाई राष्ट्रिय सम्मान सहितको विदाइको माग

२०७८ श्रावण १४, बिहीबार २१:१९

Mehboob Alam

१४ साउन, बर्दिबास । प्रदेश क्रिकेट संघ प्रदेश नं. २ ले बुधवार सम्पन्न बैठकमा बिभिन्न महत्वपुर्ण १५ वटा निर्णय गरेको छ ।

महोतरीको बर्दिवास स्थित पावन मिथिला होटलमा भएको बैठकले किर्तिमानी खेलाडि मेहबुब आलमको सन्यासलाई भव्यतापूर्वक सम्पन्न गर्न नेपाल क्रिकेट संघ छलफल गरेको छ । सप्तरीमा जन्मिएक गिनिज वर्ल्डरेकर्डधारी बिश्व किर्तिमानी आलमले निकट भविष्यमा नै सन्यास घोषणा गर्ने जानकारी गराए अनुसार उनको बिदाईमा कुनै कसर बाँकी नराख्न प्रदेशले प्रभावकारी भुमिका निर्वाह गर्ने प्रदेश क्रिकेट संघका सचिव आयुश श्रेष्ठले जानकारी गराउनु भएको छ ।

सन् २००० मा जापान बिरुद्ध डेब्यु गरेका आलमले अन्तिम पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि ४ वर्ष अघि केन्या बिरुद्ध नेपालमै आयोजित विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेलेका थिए। त्यसपछि घरेलु राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाएता पनि राष्ट्रिय टिममा भने स्थान बनाउन असफल रहँदै आएका छन्। ३९ वर्षीय आलमले जर्सीमा सम्पन्न सन् २००८ डिभिजन-५ प्रतियोगितामा मोजाम्बिक बिरुद्ध एकै इनिंग्समा १० विकेट लिंदै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल भएका थिए।

नेपाल क्रिकेट संघका कोषाध्यक्ष एवं प्रदेश क्रिकेट संघ प्रदेश नं. २ को सदस्य रोशन सिंहको बिशेष उपस्थितीमा संचालित बैठकले प्रदेशका खेलाडिहरुको स्वास्थ्य र जिवनलाई ध्यानमा राखि प्रदेशका खेलाडिहरुको ५ लाख बरावरको ईन्सोरेन्स गर्न सदस्य आकाश पाण्डेयलाई संयोजक तोकिएको छ । निजले पेश गरेको प्रतिवेदनको आधारमा खेलाडिहरुको ईन्सोरेन्स प्रकृया अगाडि बढाईने समेत संघले निर्णय गरेको छ ।

बैठकमा उपस्थित सदस्यहरू

बैठकले महिला राष्ट्रिय खेलाडि शोभा आलेलाई कार्यालय सचिवको रुपमा नियुक्त गर्ने समेत निर्णय गरेको छ भने प्रदेश क्रिकेट संघ प्रदेश नं. २ को सुबिधा सम्पन्न कार्यालय बर्दिवासमा राखि यहि श्रावण २९ गतेबाट नियमित रुपमा संचालन गर्ने समेत निर्णय गरेको छ ।

त्यसै गरि हालै स्वर्गवास भएका राष्ट्रिय खेलाडि कुन्दन सिंहको बचाउ अभियान अन्तर्गत बचत भएका रकमहरुलाई एकत्रित गरि स्व. कुन्दन सिंह अक्षय कोष खोलि उक्त कोषलाई प्रदेश २ अन्तर्गतका खेलाडिहरुको स्वास्थ्य उपचारमा खर्च गर्ने समेत निर्णय गरिएको छ ।

प्रदेश २ का टोलिको हालको प्रर्दशनलाई गम्भिर रुपमा लिई अगामि दिनमा बन्द शिविरको आयोजना प्रतियोगिता संचालन हुने स्थानमा नै गर्ने निर्णय गरेको छ भने बैठकले प्रदेश २ का अम्पाएर तथा स्कोरर तालिम भदौको दोश्रो साता सप्तरीको राजबिराजमा संचालन गर्ने,पिच क्युरेटरको माग, प्रदेश संघको आर्थिक अवस्थामा सुदृढिकरण गर्न कोषाध्यक्ष पवन कुमार गुप्ताको संयोजकत्वमा अध्यक्षसंगको समन्वयमा जिम्मेवारी दिईने,जनवरी २०२० देखि डिसेम्वर २०२० सम्मको खर्चको अनुमोदन, उपाध्यक्ष सुनिल महासेठको संयोजकत्वमा सदस्यद्धय निरज कार्कि र आकाश पाण्डेय रहने गरि प्रतियोगिता संचालन समिति गठन गठन गर्दै सल्लाहकारमा धनुषा जिल्ला क्रिकेट संघका पुर्व अध्यक्ष शिव नारायण झालाई मनोनयन गर्ने समेत निर्णय गरेको छ ।

बैठकले संघको बार्षिक साधारण सभा निकट भविष्यमा नै गर्न प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्लाहरुलाई पत्राचार गरि नामावली माग गर्ने निर्णय गरिएको छ भने हाल बिद्यमान अवस्थालाई ध्यानमा राखि मिति, स्थान तथा प्रकृया बारे पछि जानकारी गराउने समेत निर्णय गरिएको छ ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy