अन्तर्राष्ट्रिय क्रिकेटबाट उडानाको सन्यास

२०७८ श्रावण १६, शनिबार १३:३३

श्रीलंकन क्रिकेटर इसुरु उडानाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।

उडाना भारत बिरुद्ध भर्खरै सम्पन्न एकदिवसीय र टि-२० सिरिजमा टिमको श्रीलंकन टिमको सदस्य रहेका थिए। सिरिजको उनको प्रदर्शन राम्रो रहन सकेको थिएन।

“मलाई लाग्छ अर्को पुस्ताको खेलाडीहरुलाई बाटो खालि गर्ने समय आएको छ। देशको लागि सेवा गर्न पाउनु मेरो लागि गर्वको रुपमा लिएको छु।” उडानाले सन्यास घोषणा गर्दै बताएका छन्।

उडानाले सन्यास लिनुको स्पस्ट कारण खुलेको छैन। पछिल्लो समय बलिंगबाट सन्तोषजनक प्रदर्शन नगर्नु तथा भारत बिरुद्ध सिरिजमा विकेटविहिन हुनु उनको सन्यास पछाडीको कारण आंकलन गरिएको छ।

श्रीलंकाको लागि सन् २००९ मा अस्ट्रेलिया बिरुद्ध टि-२० विश्वकपमा डेब्यु गरेका उडाना बिगत केहि वर्ष यता आफ्नो बलिंग विविधताको लागि परिचित रहेका थिए। उनले २०१२ मा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

२१ एकदिवसीय र ३५ टि-२० अन्तर्राष्ट्रिय खेलेका देब्रे हाते फास्ट बलिंग अलराउण्डरले एकदिवसीयमा १८ विकेट लिनुको साथै २३७ रन बनाएका थिए। यस्तै टि-२० मा २७ विकेट लिनुको साथै २५६ रन बनाएका थिए।

उडाना आठौँ नम्बरमा ब्याटिंग गर्दै सर्वाधिक स्कोर बनाउने टेस्ट राष्ट्रका ब्याट्सम्यान हुन् जसले २०१९ मा दक्षिण अफ्रीका बिरुद्ध अविजित ८४ रन बनाएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy