द हन्ड्रेड : क्लार्क चम्किंदा म्यानचेस्टरको जित

२०७८ श्रावण १६, शनिबार २२:२४

वेल्स फायरलाई ७ विकेटले पराजित गर्दै म्यानचेस्टर ओरिजिनलले इंग्ल्यान्डमा जारी द हन्ड्रेड लिग अन्तर्गत दोश्रो जित दर्ता गरेको छ।

कार्डिफ स्थित सोफिया गार्डेन्स स्टेडियममा सम्पन्न खेलमा वेल्सले दिएको १५१ रनको लक्ष्य म्यानचेस्टरले ५ बल बाँकी रहँदै ३ विकेट गुमाएर भेटायो।

म्यानचेस्टरको ब्याटिंगमा जोए क्लार्कले सर्वाधिक ५८ रन बनाए जुन क्रममा ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै कोलिन मुनरोले अविजित ३३ रन, फिलिप साल्टले ३० रन तथा कोलिन एंकरम्यानले १७ रन बनाए। क्लार्क र साल्टले ९४ रनको ओपनिंग साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको वेल्सले १०० बलमा ६ विकेट क्षेतीमा १५० रन बनाएको थियो। उसको लागि लिउस डु प्लोयले सर्वाधिक ४३ रन, बेन डकेटले ३२ रन, म्याथु क्रिचलेले अविजित ३० रन योगदान दिए। वेल्सको बलिंगमा टम हार्टलिले २ विकेट लिंदा स्टेभेन फिन, कार्लोस ब्राथवेट र लकी फर्गुसनले समान १ विकेट लिए।

जितपछि म्यानचेस्टर ओरिजिनल ४ खेलमा २ जित, १ हार र १ नतिजाविहिन खेल पछि ५ अंक सहित अंकतालिकाको दोश्रो स्थानमा उक्लेको छ। वेल्स भने ३ खेलमा २ जित र १ हार पछि ४ अंक सहित तेश्रो स्थानमा छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy