समर्थक समाज रुपन्देहीद्वारा प्रशिक्षक जङ्ग बहादुर थापा सम्मानित

२०७८ श्रावण २३, शनिबार १८:३५

नेपाली क्रिकेट समर्थक समाज ( NCSS) जिल्ला समन्वय समिति रुपन्देहीले क्रिकेट प्रशिक्षक जङ्ग बहादुर थापालाई सम्मान गरेको छ।

शनिवार बुटवल रुपन्देहीमा जिल्ला समन्वय समिति रुपन्देहीको पार्चौ बार्षिक साधारण सभाको अबसरमा क्रिकेट समर्थकहरुको संस्था NCSS रुपन्देहीले नगद १० हजार सहित सम्मान गरेको हो । विशेष गरि नेपालको लागि थुप्रै उमेर समुहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रीकेट प्रतियोगितामा उपाधी जिताउन सफल , भैरहवाको क्रीकेटमा लामो समय देखि दिनरात क्रिकेट प्रतियोगिता तथा मैदानमै खट्दै क्रिकेटमा नै आफ्नो जिवन समर्पण गरेर थुप्रै खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन ठूलो योगदान गरेको भन्दै सस्थाले सम्मान गरेको हो ।

कार्यक्रममा मन्तव्य राख्दै क्रीकेट समर्थकहरुबाट सम्मानित हुदा आफूलाई निकै खुसी लागेको बताउदै समर्थकहरुको नेपाली क्रिकेट प्रतिको माया सद्भावले नेपाली क्रिकेट थप उचाइमा पुग्न सहयोग हुनुका साथै क्रिकेटतर्फ लागेका व्याक्तिलाइ समेत आफ्नो काम गर्न निकै हौसला हुने बताउनुभएको थियो।

यस्तै जिल्ला समन्वय समितिले लामो समय जिल्लाको नेतृत्वमा रहदै जिल्लालाई नया उचाइमा पुर्याउनु ठुलो योगदान दिनु भएका NCSS रुपन्देहीका सस्थापक अध्यक्ष तारा प्रसाद पाठक र साथै जिल्लाको हरेक सफलतामा सधै क्रियाशील रहने सल्लाहकार राजु राना लाई पनि सम्मान गरेको छ। कार्यक्रममा सम्पूर्ण अफिसियल सदस्यलाई प्रमाणपत्र तथा परिचय पत्र बितरण गरिएको थियो।

कार्यक्रममा सम्योजक मोहन ज्ञवालीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै जिल्लाले बर्षभरिमा गरेका क्रिकेट गतिविधिहरुको बारेमा जानकारी गराउनु भएको थियो । लुम्बिनी प्रदेश सम्योजक सागर पङेनी , अर्घाखाँची सम्योजक नारायण पान्डे तथा प्युठान सम्योजक रिखिराम जिसि उपस्थित कार्यक्रमको संचालन सचिब नारायण अधिकारीले गर्नु भएको कुरा कार्यक्रम सम्योजक शिवराज गौतमले बताउनु भयो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy