बंगलादेश बिरुद्ध अस्ट्रेलियाको कठिन जित

२०७८ श्रावण २३, शनिबार २१:०६

बंगलादेश भ्रमण अन्तर्गत पाँच खेलको टि-ट्वान्टी सिरिज अन्तर्गत पहिलो ३ खेलमा हार बेहोरेको अस्ट्रेलियाले चौथो खेलमा पुनरागमन गर्दै घरेलु टोलिलाई ३ विकेटले पराजित गरेको छ।

शेरे बांग्ला स्टेडियम, ढाकामा सम्पन्न खेलमा बंगलादेशले दिएको १०५ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभरमा ७ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियन ओपनर तथा कप्तान म्याथु वेड पहिलो ओभरमा २ रन बनाएर मेहदी हसनबाट बोल्ड भएपछि अर्का ओपनर बेन म्याकडरमोट र ड्यानियल क्रिस्चियनले ४४ रनको साझेदारी गरे। ५ रन बनाएका म्याकडरमोटलाई नसुम एहमदले एलबिडब्लु पारे। अर्को किनारमा आक्रामक ब्याटिंग गरिरहेका क्रिस्चियन पनि लगत्तै ओभरमा मुस्तफिजुर रहमानबाट क्याच आउट भए जसअघि उनले १५ बलमा १ चौका र ५ छक्का मद्दतले ३९ रन बनाए। क्रिस्चियनले शाकिब अल हसनको एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए।


अस्ट्रेलियाको विकेट जाने क्रम रोकिएन एलेक्स केरी १ रन बनाएर मुस्तफिजुरबाट एलबिडब्लु भए भने मिचेल मार्श ११ रन बनाएर मेहदी हसनबाट बोल्ड भए। फलस्वरुप अस्ट्रेलिया ६५/६ को अवस्थामा पुग्यो।

सातौँ विकेटको लागि एस्टन टर्नर र एस्टन एगरले ३४ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जितको दिशा दिए। जितको लागि ६ रन आवस्यक हुँदा एगरलाई शोरीफुल इश्लामले क्क्याच आउट गराए जस अघि उनले २७ बलमा २ छक्का र १ चौका मद्दतले २७ रन बनाए। त्यसपछि टर्नर र एन्ड्रयु टाईले अविजित रहँदै टिमलाई जितसम्म पुर्याए। टर्नरले ९ तथा टाईले

बंगलादेशको बलिंगमा मेहदी हसन ( ४-०-१७-२ ) र मुस्तफिजुर रहमान ( ४-१-९-२ ) ले समान २ विकेट लिए भने नसुम एह्मद ( ४-०-१७-१ ) र शोरीफुल इस्लाम ( २-०-८-१ ) ले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १०४ रन बनाएको थियो। बंगलादेशको लागि ओपनर मोहम्मद नैमले सर्वाधिक २८ रन, मेहदी हसनले २३ रन, अफिफ होसेनले २१ रन तथा शाकिब अल हसनले १५ रन योगदान दिए।

अस्ट्रेलियाको बलिंगमा लेग स्पिनर मिचेल स्वेपसनले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा मात्र १३ रन खर्चिए। बंगलादेशले ५१ रनमा २ विकेट गुमाएको अवस्थामा लेग स्पिनर मिचेल स्वेपसनले एकै ओभरमा कप्तान महमुदुल्लाह र नुरुल हसन दुवैलाई खाता नखोली आउट गर्दै अस्ट्रेलियालाई हावी गरेका थिए। स्वेपसनले मोहम्मद नैमको महत्वपूर्ण विकेट समेत लिए। जोश हेजलवुड ( ४-०-२४-२ ) र एन्ड्रयु टाईले ( ३-०-१८-२ ) ले समान २ विकेट तथा एस्टन एगर ( ४-०-२२-१ ) ले १ विकेट लिए।

सिरिजको यस अघिको तिन वटै खेल क्रमशः २३ रन, ५ विकेट र १० रनले जित्दै बंगलादेशले सिरिज ३-० ले जितीसकेको थियो। बंगलादेशले इतिहासमै पहिलो पटक कुनै पनि फर्म्याटको क्रिकेटमा अस्ट्रेलियालाई सिरिजमा पराजित गरेको हो। सिरिज अन्तर्गत पाँचौ तथा अन्तिम खेल अगस्ट ९ तारिखमा खेलिनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy