क्यानद्वारा राष्ट्रिय क्रिकेट टिमको ‘स्ट्रेन्थ एण्ड कन्डिसनिंग कोच’ नियुक्त

२०७८ श्रावण २४, आईतवार ०९:५१

नेपाल क्रिकेट संघले ( क्यान ) नेपाली राष्ट्रिय क्रिकेट टिमको ‘स्ट्रेन्थ एण्ड कन्डिसनिंग कोच’ को रुपमा भारतका राकेश कुमार काशीभाई गोहिल ( राकेश गोहिल ) लाई नियुक्त गरेको छ।

उक्त पदको लागि आएको ३८ आवेदनबाट क्यानले गोहिललाई चयन गरेको हो। अस्ट्रेलियन स्ट्रेन्थ र कन्डिसनिंग एसोसिएसनबाट लेभल २ प्रमाणपत्र प्राप्त गरेका गोहिलसंग भारतको नेसनल क्रिकेट एकेडेमी तथा भारतको रन्जी टिमहरुसंग काम गरेको अनुभव रहेको छ।

गोहेल नेपाल आइसकेका छन् र जिम्मेवारी थालिसकेका छन्। ३७ वर्षीय गोहिलले आफू पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा नियुक्त भएको र नेपाली क्रिकेट टोलिसँग काम गर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

नेपाली क्रिकेट टिम हाल ओमान र अमेरिकासंग ओमानमा सेप्टेम्बरमा खेलिने विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको तयारी गरिरहेको छ। उक्त सिरिज अघि नेपालले पपुवा न्यु गिनीसंग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज समेत खेल्ने बताईएको छ जसको अधिकारिक घोषणा भने भएको छैन।

https://www.youtube.com/watch?v=HjFRnsdTABE

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy