ईपीएलले पायो नेपाली खेलकुदकै सर्वाधिक प्रायोजन

२०७८ श्रावण २५, सोमबार १८:१३

असोज ९ गते देखी सुरु हुने एभरेस्ट प्रिमियर लिगको ( ईपीएल ) चौथों संस्करणको मुख्य प्रयोजन बजाज पल्सरले गर्ने भएको छ।

सोमबार आयोजित कार्यक्रमका बीच लिगका प्रबन्ध निर्देशक आमिर अख्तर र बजाज पल्सरका गोल्छा समुहका अध्यक्ष शेखर गोल्छाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

मुख्य प्रायोजन भए बापत बजाज पल्सरले लिगलाई २ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने छ जुन नेपालमा आयोजना भएका खेलकुद प्रतियोगिताहरुको इतिहासकै सर्वाधिक रकम हो। यस अघि नेपाल फुटबल संघले आयोजना गरेको ए डिभिजन फुटबल लिगमा मुख्य प्रायोजक बापत कतार एअरवेजले करिब डेढ करोड ( १ लाख ५० हजार अमेरिकी डलर ) प्रदान गरेको थियो।

ईपीएलको चौथो संस्करण विश्वको १५० देशमा प्रत्यक्ष प्रशारण हुनेछ भने लिगमा शाहिद अफ्रिदी, शोयब मलिक, कार्लोस ब्राथवेट जस्ता खेलाडीहरु पनि खेल्ने हुँदा लिगको लोकप्रियता बढ्ने विश्वास आयोजकले लिएको छ। अफ्रिदी काठमाडौँ किंग्स-११ बाट खेल्दैछन् भने मलिक र ब्राथवेटको टिम सार्वजनिक गरिएको छैन।

लिगमा डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स सहित बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स, चितवन टाइगर्स, पोखरा राइनोज र काठमाडौँ किंग्स -११ गरि ६ वटा टोलि सहभागी रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy