एनसीएसएसको दाङ जिल्ला समन्वय समिति गठन

२०७८ श्रावण २६, मंगलवार २३:४९

नेपाली क्रिकेट समर्थकहरुको संस्था नेपाली क्रिकेट समर्थक समाज ( एनसीएसएस ) का दाङ जिल्लाबाट आबद्ध सदस्यहरुको अग्रसरतामा नेपाली क्रिकेट समर्थक समाज दाङ जिल्ला समन्वय समिति गठन भएको छ ।

श्रावण २३ गते दाङ जिल्लाका क्रिकेट प्रेमीहरु घोराहीमा सम्पन्न भेलाले बिकास भट्टराईको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको थियो । जिल्लाका नेपाली क्रीकेटका समर्थकलाई एकत्रित गर्दै समग्र दाङ जिल्लाको क्रीकेट योगदान गर्ने उदेश्यका साथ एनसिएसएस दाङको गठन भएको हो । समितिको सह-संयोजकमा पुरन सोति मगर , सचिव गुरु विश्वकर्मा , कोषाध्यक्ष अभिषेक अधिकारी तथा सदस्यहरुमा अबिन कार्की ,दिपक शर्मा, हेमराज शर्मा , मधुसूदन गिरि र ललित कुमार बिष्ट रहेका छन् भने सल्लाहकारमा हिमाल महरा रहेका छन ।

दाङ जिल्लामा पछिल्लो समय क्रिकेटले गति लिदै राष्ट्रिय तथा प्रदेश स्तरका क्रिकेट प्रतियोगिता भैरहेको अबस्थामा क्रिकेट समर्थकको पनि यस्तो गतिविधि पुर्ण उपस्थिति रहने संयोजक बिकास भट्टराईले बताउनु भयो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy