दोश्रो टेस्ट अघि भारत र इंग्ल्यान्डका मुख्य पेसर घाइते, कसले पाउला अन्तिम-११ मा मौका ?

२०७८ श्रावण २७, बुधबार २०:०५

भारत र इंग्ल्यान्ड बीच पाँच टेस्टको सिरिज अन्तर्गत दोश्रो टेस्ट बिहिबार ( १२ अगस्ट ) देखि लन्डन स्थित लर्ड्स क्रिकेट मैदानमा खेलिनेछ। नटिंघममा सम्पन्न पहिलो खेल वर्षाका कारण बराबरीमा टुंगिएको थियो।

दोश्रो टेस्ट सुरु हुनु पूर्व भारतलाई ठूलो झट्का लागेको छ। पहिलो टेस्टमा राम्रो प्रदर्शन गर्दै ४ विकेट लिएका पेसर शार्दुल ठाकुर घाइते हुँदै लर्ड्स टेस्टबाट बाहिर भएका छन्। भारतीय कप्तान बिराट कोहलीले खेल अघि पत्रकार सम्मेलनमा शार्दुलको स्थानमा अन्तिम-११ मा कसलाई सामेल गर्ने कुरा खेल हुने दिन बिहान थाहा हुने बताएका छन्। शार्दुलको बायाँ ह्याम्सट्रिगंमा तनाव रहेको छ र उनि तेश्रो टेस्टसम्म ठिक हुने कोहलीले जानकारी गराएका थिए।

ठाकुरको स्थानमा टिममा को होला भन्ने कौतुहलता सबैसंग रहेको छ। अर्का पेसर इशान्त शर्मा अथवा स्पिनर रभीचन्द्रन आश्विनलाई मौका दिईनेछ हेर्न लायक हुनेछ। आश्विनले अन्तिम-११ मा मौका पाउने सम्भावाना रहेको छ जसले पहिलो टेस्टमा मौका पाएका थिएनन्। इंग्ल्यान्डमा आश्विनको प्रदर्शन राम्रो रहँदै आएको छ।

अर्कोतर्फ इंग्ल्यान्डका मुख्य पेसर स्टुवार्ट ब्रोड पनि घाइते हुँदा दोश्रो खेल बाट बाहिर भएका छन्। १५० औं टेस्ट खेल्न ब्रोडले अझै कुर्नु पर्ने भएको छ। मंगलबार अभ्यासको दौरान ब्रोडको खुट्टाको जोर्नीमा चोट लागेको हो। उनको स्थानमा अर्का पेसर शाकिब महमुदलाई टिममा बोलाइएको छ। यस्तै भेट्रान पेसर जेम्स एण्डरसनको पनि दोश्रो टेस्ट खेल्ने सम्भावना कम भएको बताईएको छ। उनि पनि चोटिल भएको खबर आएको छ र खेल्नेमा संशय रहेको छ। इंग्ल्यान्डले टिममा स्पिनर मोईन अलिलाई पनि समाबेश गरेको छ जो राम्रो ब्याटिंग पनि गर्न सक्षम छन्।

https://www.youtube.com/watch?v=bfTBrkKj7Bk

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy