पाकिस्तानको वेस्टइन्डिज भ्रमण अन्तर्गत दुई टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्ट सुरु भएको छ।
जमैका स्थित सबिनापार्क मैदानमा टस हारेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंग्समा ७०.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर २१७ रन मात्र बनाउन सक्यो। पहिलो इनिंग्स ब्याटिंग सुरु गरेको वेस्टइन्डिजले पनि कमजोर सुरुवात गरेको छ। दिनको समाप्ति अघि ४ ओभर ब्याटिंग गरेको पाकिस्तानले २ रन बनाउदा २ विकेट गुमाएको छ।
दिनको समाप्तिमा क्रिजमा क्रेग ब्राथवेट १ रन तथा रोस्टन चेज खाता नखोली अविजित रहेका छन्। पाकिस्तानी पेसर मोहम्मद अब्बासले तेश्रो ओभरको दोश्रो र तेश्रो बलमा काईरन पावेल र एनक्रुमाह बोनरलाई खाता नखोली पेभेलियन फर्काएका थिए।
पाकिस्तानको लागि फवाद आलमले सर्वाधिक ५६ रन बनाए भने फहिम अश्रफले ४४, कप्तान बाबर आजमले ३० तथा मोहम्मद रिजवानले २३ रन योगदान दिए। वेस्टइन्डिज पेसर जेडन सिल्स ( १६-३-७०-३ ) र जेसन होल्डर ( १५.३-३-२६-३ ) ले समान ३ विकेट लिए। केमार रोचले २ तथा कायल मेयर्सले १ विकेट लिए।
दुई देश बीच यस अघि सम्पन्न ४ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज पाकिस्तानले १-० ले जितेको थियो। सिरिजको तिन वटा खेल वर्षाका कारण नतिजाविहिन रहेको थियो।
