एभरेस्ट प्रिमियर लिग २०२१ मा भैरहवा ग्ल्याडीएटर्स टिममा अनुबन्धित भएका श्रीलंकन क्रिकेट टिमका पूर्वकप्तान दिनेश चण्डीमालले नेपाल आएर खेल्न उत्साहित रहेको बताएका छन्। अनुबन्धित भएपछि भैरहवाद्वारा जारि गरिएको भिडियोमा चण्डीमालले आफ्नो टिमलाई समर्थन गर्न समेत अनुरोध गरेका छन्।
“हेल्लो नेपाल, म दिनेश चण्डीमाल। म यो बताउदा खुसि छु कि, २०२१ एभरेस्ट प्रिमियर लिगमा म भैरहवा ग्ल्याडीएटर्सको प्रतिनिधित्व गर्दै छु। म सुन्दर देश नेपाल भ्रमण गर्न निकै उत्साहित छु। छिट्टै भेटौंला नेपाल, भैरहवा ग्ल्याडीएटर्सलाई समर्थन गर्नुहोला।” ३१ वर्षीय चण्डीमालले बताएका छन्।
असोज ९ देखि २३ गते सुरु हुने लिगमा चण्डीमालको टिम भैरहवा ग्ल्याडीएटर्सको कप्तान शरद भेसावकर रहेका छन् भने टिमको प्रशिक्षकमा नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक तथा पूर्व श्रीलंकन टेस्ट क्रिकेटर पुबुदु दासानायके रहेका छन्। साथै टिममा आरिफ शेख, प्रदिप ऐरी, भुवन कार्की, रोहित पौडेल, दिपेश श्रेष्ठ, अविनाश बोहरा, कुशल मल्ल, कृष्ण कार्की, हरिशंकर शाह, हिमांशु दत्ता र बिकाश आग्री नेपाली खेलाडीको रुपमा रहेका छन्।
भैरहवा ईपीएल को अघिल्लो दुई संस्करण २०१७ र २०१८ को उपविजेता टिम हो जो २०१७ फाइनलमा बिराटनगर वारियर्ससंग तथा २०१८ मा ललितपुर पेट्रिएट्ससंग पराजित हुँदै उपाधि जित्न चुकेको थियो।
चण्डीमालको करियर
३१ वर्षीय चण्डीमाल श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान चण्डीमालले श्रीलंकाको लागि सन् २०१० मा डेब्यु गरेका थिए। उनले देशको लागि ६२ टेस्ट, १४९ एकदिवसीय र ५७ टि-२० खेलीसकेका छन्। विकेटकिपर ब्याट्सम्यानक भूमिकामा खेल्ने चण्डीमाले टेस्टमा ११ शतक र २० अर्धशतक मद्दतले ४,१५८ रन, एकदिवसीयमा ४ शतक र २३ अर्धशतक मद्दतले ३,६९८ रन तथा टि-२०मा ५ अर्धशतक मद्दतले ८६८ रन बनाएका छन्।
२०१४ मा श्रीलंकाले टि-२० विश्वकपको उपाधि जित्दा तथा २०१२ मा उपविजेता हुँदा चण्डीमाल श्रीलंकन टिमको सदस्य रहेका थिए। २३ वर्षको उमेरमा सन् २०१३ मा चण्डीमाल श्रीलंकाको एकदिवसीय अन्तर्राष्ट्रियमा कप्तानी गर्ने सबैभन्दा युवा खेलाडी बनेका थिए। उनले २०१४ टि-२० विश्वकपमा समेत टिमको कप्तानी गरेका थिए तर बीचमा ढिलो ओभर रेटको कारण एक खेलको प्रतिबन्ध लगाएपछि लासिथ मालिंगाले उनको कप्तानीमा प्रतिस्थापन गरेका थिए। उनले श्रीलंकाको लागि १२ एकदिवसीय अन्तर्राष्ट्रिय, २६ टि-२० अन्तर्राष्ट्रियमा र १९ टेस्टमा कप्तानी गरे।
https://www.youtube.com/watch?v=kfDtCHS6Ny4
