ब्राथवेट र होल्डरको साझेदारीले वेस्टइन्डिजलाई अग्रता

२०७८ श्रावण ३०, शनिबार ०६:४१

खराब अवस्थामा कप्तान क्रेग ब्राथवेट र जेसन होल्डरले उत्कृस्ट साझेदारी गर्दा वेस्टइन्डिज बिरुद्ध दुई टेस्टको सिरिजको पहिलो टेस्टको पहिलो इनिंग्समा वेस्टइन्डिजले ३४ रनको अग्रता पाएको छ। दोश्रो दिनको समाप्तिमा वेस्टइन्डिजले ८७ ओभर ब्याटिंग गर्दा ८ विकेट क्षेतीमा २५१ रन बनाएको छ। क्रिजमा विकेटकिपर ब्याट्सम्यान जोशुवा डी सिल्भा २० रन तथा जोमेल वरीक्यान १ रन बनाएर अविजित छन्।

१०० रनको स्कोरमा ५ विकेट गुमाएको अवस्थामा ओपनर क्रेग ब्राथवेटले सातौँ नम्बरमा ब्याटिंग गरेका जेसन होल्डरसंग ९६ रनको साझेदारी गरेका थिए। फहिम अशरफले क्याच आउट गर्दै साझेदारी तोड्नु अघि होल्डरले ५८ रन बनाए। ब्राथवेट भने दशौँ शतक बनाउन चुक्न पुगे र २२१ बलमा १२ चौका मद्दतले ९७ रन बनाएर हसन अलिद्वारा रन आउट हुन पुगे। ब्राथवेटले त्यस अघि तेश्रो विकेटको लागि रोस्टन चेजसंग ५० रनको तथा जर्माईन ब्ल्याकवुडसंग ४९ रनको साझेदारी गरेका थिए। चेजले २१ तथा ब्ल्याकवुडले २२ रन बनाए।


पाकिस्तानको बलिंगमा मोहम्मद अब्बासले ३ विकेट ( २१-९-४२-३ ) लिएका छन् भने शाहिन अफ्रिदीले २ तथा फहीम अश्रफ र हसन अलिले समान १ विकेट लिएका छन्।

टस हारेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंग्समा फवाद आलमको ५६ तथा फहीम अश्रफको ४४ रन मद्दतले २१७ रन बनाएको थियो। वेस्टइन्डिज बलर जेडन सिल्स र जेसन होल्डरले समान ३ विकेट लिएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy