ब्राथवेट र होल्डरको साझेदारीले वेस्टइन्डिजलाई अग्रता

खराब अवस्थामा कप्तान क्रेग ब्राथवेट र जेसन होल्डरले उत्कृस्ट साझेदारी गर्दा वेस्टइन्डिज बिरुद्ध दुई टेस्टको सिरिजको पहिलो टेस्टको पहिलो इनिंग्समा वेस्टइन्डिजले ३४ रनको अग्रता पाएको छ। दोश्रो दिनको समाप्तिमा वेस्टइन्डिजले ८७ ओभर ब्याटिंग गर्दा ८ विकेट क्षेतीमा २५१ रन बनाएको छ। क्रिजमा विकेटकिपर ब्याट्सम्यान जोशुवा डी सिल्भा २० रन तथा जोमेल वरीक्यान १ रन बनाएर अविजित छन्।

१०० रनको स्कोरमा ५ विकेट गुमाएको अवस्थामा ओपनर क्रेग ब्राथवेटले सातौँ नम्बरमा ब्याटिंग गरेका जेसन होल्डरसंग ९६ रनको साझेदारी गरेका थिए। फहिम अशरफले क्याच आउट गर्दै साझेदारी तोड्नु अघि होल्डरले ५८ रन बनाए। ब्राथवेट भने दशौँ शतक बनाउन चुक्न पुगे र २२१ बलमा १२ चौका मद्दतले ९७ रन बनाएर हसन अलिद्वारा रन आउट हुन पुगे। ब्राथवेटले त्यस अघि तेश्रो विकेटको लागि रोस्टन चेजसंग ५० रनको तथा जर्माईन ब्ल्याकवुडसंग ४९ रनको साझेदारी गरेका थिए। चेजले २१ तथा ब्ल्याकवुडले २२ रन बनाए।


पाकिस्तानको बलिंगमा मोहम्मद अब्बासले ३ विकेट ( २१-९-४२-३ ) लिएका छन् भने शाहिन अफ्रिदीले २ तथा फहीम अश्रफ र हसन अलिले समान १ विकेट लिएका छन्।

टस हारेर ब्याटिंग गरेको पाकिस्तानले पहिलो इनिंग्समा फवाद आलमको ५६ तथा फहीम अश्रफको ४४ रन मद्दतले २१७ रन बनाएको थियो। वेस्टइन्डिज बलर जेडन सिल्स र जेसन होल्डरले समान ३ विकेट लिएका थिए।





थप समाचार

आगामी लिग-२ सिरिजमा पुबुदु नेपाली टिमको मेन्टर हुने

राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेलाई नेपाल क्रिकेट संघ ( क्यान ) ले आगामी विश्व कप लिग-२ अन्तर्गतको सिरिजको […]

कार्तिक ३ देखि बिपी कोइराला स्मृति कप, चार टेस्ट राष्ट्रका टिमहरु सहभागी हुने

रुपन्देही । रुपन्देही जिल्लाको सिद्धार्थ क्रिकेट रङ्गशालामा ५ देशका खेलाडीको सहभागितामा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक […]

NPL : पोखराले भित्र्यायो आफ्नो पहिलो विदेशी खेलाडी

कुशल भुर्तेल मार्की खेलाडी रहेको नेपाल प्रिमियर लिगको टिम पोखरा एभेन्जर्सले टिमको पहिलो विदेशी खेलाडीको घोषणा गरेको छ। अमेरिकाको लागि […]

जनकपुरको क्रिकेट निर्देशकमा चालिसे नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले बरदान चालिसेलाई टोलीको क्रिकेट निर्देशकमा नियुक्त गरेको छ । जनकपुरले बुधवार […]

क्यानलाई आमिर अख्तरको ७ बुंदे ध्याकर्षण पत्र, “नेपाल प्रिमियर लिग” नाममा आफ्नो दाबी

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। क्यानले […]

NPL : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु

नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने जनकपुर बोल्ट्स टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दशानायके नियुक्त भएका छन् । जनकपुर बोल्ट्सले पुबुदुलाई मुख्य […]