दक्षिण अफ्रिकी पूर्व क्रिकेटर नामिबियाबाट विश्वकप खेल्ने

२०७८ श्रावण ३०, शनिबार १७:३०

दक्षिण अफ्रिकी पूर्व अलराउण्ड डेभिड विज आगामी टि-ट्वान्टी विश्वकपमा नामिबियाबाट खेल्ने भएका छन्। नामिबियाका प्रशिक्षक पेएरे डी ब्रुईनले हालै एक अन्तर्वार्ताको क्रममा यो खबर पुस्टि गरेका हुन्। २०२१ टि-२० विश्वकप अक्टोबर १७ तारिख देखि युएई र ओमानमा आयोजना हुँदैछ।

विजले अन्तिम पटक दक्षिण अफ्रीकाको लागि २०१६ मा खेलेका थिए। त्यसपछि टिमले वेवास्ता गर्दा उनि कोल्पाकको बाटो अपनाउदै इंग्ल्यान्डको घरेलु क्रिकेट खेल्न थालेका थिए। ३६ वर्षीय खेलाडीले दक्षिण अफ्रीकाको लागि ६ एकदिवसीय अन्तर्राष्ट्रिय र २० वटा टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। जुन क्रममा उनले कुल १९४ रन बनाउनुको साथै ३३ अन्तर्राष्ट्रिय विकेट समेत लिएका थिए।

२०१३ मा श्रीलंका बिरुद्ध दक्षिण अफ्रीकाको लागि डेब्यु गरेका ३६ वर्षीय विजले आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरको लागि खेलेका थिए भने पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सको प्रतिनिधित्व गर्ने गर्छन। हाल उनि इंग्ल्यान्डमा ससेक्स काउन्टी क्लबबाट खेलीरहेका छन्।

प्रशिक्षक ब्रुईनका अनुसार विजका पिताको जन्म नामिबियामा भएको हुनाले उनि नामिबियाको लागि खेल्न योग्य छन्। उनले अनुभवी खेलाडी टिममा हुनुले टिमलाई निकै फाइदा हुने बताए। “उनको पिताको जन्म यहीं भएको थियो त्यसैले उनि नामिबियाको लागि खेल्न योग्य छन्। उनि हाल इंग्ल्यान्डमा टि-२० ब्लास्ट खेलीरहेका छन् त्यसैले उक्त प्रतियोगिता पछि विश्वकपको लागि उपलब्ध हुनेछन्।”

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy