“विश्वास थियो, इंग्ल्यान्डलाई ६० ओभर भित्र आउट गर्न सक्छौं।” बिराट कोहली

२०७८ भाद्र १, मंगलवार १०:२६

लर्ड्स सम्पन्न दोश्रो टेस्टमा इंग्ल्यान्डलाई १५१ रनले पराजित गरेपछि भारतले पाँच टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ। लर्ड्स मैदानमा भारतको यो इतिहासको तेश्रो जित हो। जितपछि भारतीय कप्तान बिराट कोहलीले आफ्नो योजनामा अडिग रहँदै जित हात पारेको बताए।

कोहलीले बताए – “पुरै टिममा हामीलाई गर्व छ। जसरि हामी पुरै खेलमा आफ्नो योजनामा अडिग रह्यौं त्यो शानदार थियो। पहिलो तिन दिन पिचले खास केहि दिएन। हाम्रो लागि पहिलो दिन सबैभन्दा चुनौतीपूर्ण रह्यो। दबाबमा आएपछि दोश्रो इनिंग्समा जसरि खेल्यौं अझ खास गरि जसप्रित र शामीले त्यो गजबको थियो। हामीलाई विश्वास थियो कि हामि इंग्ल्यान्डलाई ६० ओभर भित्र आउट गर्न सक्छौं।”

उनले अगाडी बताए – “हाम्रो दोश्रो इनिंग्समा इंग्ल्यान्डको टिमले मैदानमा हामीलाई तनाव दिए। त्यहाँ जे भयो त्यसले हामीलाई सहयोगनै गर्यो। शामी र बुम्राह जस्तो ब्याट्सम्यानमा हावीलाई वास्तवमै गर्व छ। ब्याटिंग कोचले केटाहरुलाई वास्तवमा कठिन मेहनत गराएका छन्। हामीलाई थाहा छ त्यो रन कति अमुल्य थियो।”

“६० ओभरमा नतिजा हाँसिल गर्नु खास उपलब्धि हो। खासगरी जब सिराज जस्तो खेलाडी जो लर्ड्समा पहिलो पटक खेलीरहेको थियो उनले शानदार बलिंग गरे। हामीले तय गरेका थियौं कि ६० ओभरमा हामीले अलआउट गर्नुछ। नयाँ बलबाट महत्वपूर्ण सफलता हाम्रो लागि सहि सुरुवात थियो।”

खेलमा भारतले पहिलो इनिंग्समा ३६४ रन बनाएको थियो भने दोश्रो इनिंग्स २९८/८ को योगफलमा समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। इंग्ल्यान्डले पहिलो इनिंग्समा ३९१ रन बनाएको थियो भने दोश्रो इनिंग्समा १२० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। टेस्टको प्लेयर अफ द म्याच केएल राहुल चुनिए जसले पहिलो इनिंग्समा १२९ रन बनाएका थिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy