अन-क्याप्ड इंगलिसलाई समाबेश गर्दै अस्ट्रेलियाको विश्वकप टिम घोषणा, स्टार खेलाडीहरुको पुनरागमन

२०७८ भाद्र ३, बिहीबार ०७:१४

युएई र ओमानमा अक्टोबर १७ देखि सुरु हुने २०२१ टि-२० विश्वकपको लागि अस्ट्रेलियाले १५ सदस्यीय टोलिको घोषणा गरेको छ।

घोषित टिममा २६ वर्षीय अन-क्याप्ड दायाँ हाते विकेटकिपर ब्याट्सम्यान जोश इंगलिसले पहिलो पटक मौका पाएका छन् जस्ले विश्वकपमा अन्तर्राष्ट्रिय डेब्यु गर्न सक्नेछन्। बिग व्यस लिगमा पर्थ स्करचर्सको लागि खेल्ने इंगलिस इंग्ल्यान्डको घरेलु प्रतियोगिता टि-२० ब्लास्टको सर्वाधिक रनकर्ता रहेका थिए। लिसेस्टरसायरको लागि खेल्ने क्रममा उनले १४ खेलमा १७५.८२ को स्ट्राइक रेटले ५३१ रन बनाएका थिए। यस्तै उनले द हन्ड्रेड लिगमा लण्डन स्पिरिटबाट खेल्दै गय राति वेल्स फायर बिरुद्ध ओपनिंग गर्दै ४५ बलमा ७२ रन बनाएका थिए।

अनक्याप्ड खेलाडी जोश इंगलिसले पहिलो पटक अस्ट्रेलियन टिममा बोलाइएका छन्

पहिलो पटक टि२० विश्वकप उपाधि उचाल्ने उद्देश्य लिएको आरोन फिन्च कप्तानीको टिममा स्टिभ स्मिथ, डेभिड वार्नर, ग्लेन म्याक्सवेल र प्याट कमिन्सले पुनरागमन गरेका छन्। यस्तै डेथ ओभर स्पेसलिस्ट नाथन इलियास, अलराउण्डर ड्यान क्रिस्चियन र ड्यानियल स्याम्स रिजर्भ खेलाडीको रुपमा टिमसंग रहनेछन्।

फास्ट बलर झाई रिचर्डसन, एन्ड्रयु टाई, जेसन बेह्रनडर्फ सहित टप अर्डर ब्याट्सम्यान एलेक्स केरी, मोइसेस हेनरिक्स, जोश फिलिपे, एस्टन टर्नरलाई टिमबाट बाहिर राखिएको छ। बंगलादेशसंग लगातार पाँचौ टि-२० अन्तर्राष्ट्रिय सिरिज हारपछि अस्ट्रेलियाले टिममा व्यापक परिवर्तन गरेको हो।

घोषित अस्ट्रेलियन टिम : आरोन फिन्च ( कप्तान ) , एस्टन एगर, प्याट कमिन्स ( उपकप्तान ), जोस हेजलवुड, जोश इंगलिस, मिचेल मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, मिचेल स्वेपसन, म्याथु वेड, डेभिड वार्नर, एडम जाम्पा  ( संगै जाने रिजर्भ खेलाडी – नाथन इलियास, ड्यान क्रिस्चियन र ड्यानियल स्याम्स )

विश्वकपमा अस्ट्रेलिया इंग्ल्यान्ड, दक्षिण अफ्रीका र वेस्टइन्डिजसंग समुह १ मा रहेको छ जसमा पहिलो चरणपछि थप दुई टिम जोडिनेछन्। २३ अक्टोबरमा दक्षिण अफ्रीकासंग खेल्दै अस्ट्रेलियाले महाभियानको सुरुवात गर्नेछ।

यस अघि न्युजिल्यान्डले पनि टि-२० विश्वकपको लागि टोलिको घोषणा गरिसकेको छ। 

टि-२० विश्वकप न्युजिल्यान्ड टिम : केन विलियमसन ( कप्तान ) , टोड एसल, ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कनवे, लकी फर्गुसन, मार्टिन गप्टिल, कायल जेमीसन, ड्यारिल मिचेल, जिम्मी निशम, ग्लेन फिलिप्स, मिचेल स्यांटनर, टिम सेफर्ट ( विकेटकिपर ) , इश सोढ़ी र टिम साउदी

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy