चौथो संस्करण को एभरेस्ट प्रिमियर लिग ( ईपीएल टि-ट्वान्टी ) को प्रत्यक्ष नेपालमा हिमालय टेलिभिजन एचडीले गर्ने भएको छ।
यस अघि याक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्ने भनिएता पनि अन्तिम समयमा सम्झौता नहुँदा हिमालय टेलिभिजनले प्रशारण सम्झौता गरेको हो। यस्तै डिजिटल प्ल्याटफर्ममा प्रशारण गर्ने सम्झौता भने ओएसआर स्पोर्टसले पाएको छ जसले युट्युब लगायत डिजिटल प्ल्याटफर्ममा लिगको प्रत्यक्ष प्रशारण गर्न पाउनेछ।
हिमालय टेलिभिजनले यस अघि पोखरा प्रिमियर लिगको दुई संस्करणको तथा यो वर्ष नेदरल्याण्ड र मलेसियासंग नेपालको त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रशारण गरेको थियो। ईपीएलको अन्तर्राष्ट्रिय प्रशारण वान स्पोर्टस च्यानलले गर्नेछ जसको फिड हिमालय टिभी र ओएसआर स्पोर्टसले लिएर प्रशारण गर्नेछ।
ईपीएल सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा आयोजना हुनेछ। यो सिजन लिगमा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी पनि लिग खेल्नेछन् जो काठमाडौँ किंग्स-११ मा अनुबन्धित भैसकेका छन्। यस्तै श्रीलंकन पूर्वकप्तान दिनेश चण्डीमाल पनि भैरहवा ग्ल्याडीएटर्समा अनुबन्धित भैसकेका छन्।
