सिंगापुर राष्ट्रिय क्रिकेटर टिम डेभिड सहित श्रीलंकन अलराउण्डर वानिन्दु हसरंगा र फास्ट बलर दुश्मन्था चमिरालाई आईपीएल २०२१ को दोश्रो फेजको लागि रोयल च्यालेन्जर्स बैंगलोरले टिममा समाबेश गरेको छ। लिगको दोश्रो फेज युएईमा सेप्टेम्बर १९ तारिख देखि सुरु हुँदैछ।
बैंगलोरले भित्र्याएको तिन जना खेलाडी मध्ये हसंरंगा र चमिरा परिचित नाम भएपनि सिंगापुरका टिम डेभिड भने चर्चित नाम हैनन्। २५ वर्षीय डेभिडले न्युजिल्यान्डका फिन एलेनलाई प्रतिस्थापन गरेका हुन् जसले बंगलादेश र पाकिस्तान भ्रमणको लागि टिममा समाबेश भएका कारण आईपीएल गुमाउनेछन्।
सिंगापुरको लागि १४ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलीसकेका २६ वर्षीय डेभिड मार्च १६, १९९६ मा सिंगापुरमा जन्मिएका थिए। उनका पिता रोडरिक् डेभिड पनि क्रिकेटर थिए जसले सिंगापुरको लागि खेलेका थिए। आईपीएल खेल्न छनोट हुने डेभिड पहिलो क्रिकेटर बनेका छन्।
नेपाली क्रिकेट फ्यानहरुको लागि भने टिम डेभिड परिचित नाम हो। डेभिडले २०१९ मा सिंगापुरमा आयोजित आईसीसी पुरुष टि-२० विश्वकप एसिया क्षेत्र छनोट को फाइनलमा नेपाल बिरुद्ध ओपनिंग ब्याटिंग गर्दै मात्र ४३ बलमा ८ चौका र ३ छक्का मद्दतले ७७ रन बनाएका थिए। डेभिडको सोहि इनिंग्सको कारण नेपाल खेलमा ८२ रनले पराजित हुन पुगेको थियो जसकारण नेपाल टि-२० विश्वकपको ग्लोबल छनोट पुग्न असफल भएको थियो। १९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०९ रनमै समेटिन पुगेको थियो।
🔊 ANNOUNCEMENT 🔊
Tim David is no stranger to the T20 format! After tasting success in T20 leagues around the world, hard hitting batsman & a handy bowler – Tim David – replaces Finn Allen at RCB for the remainder of the season.#PlayBold #IPL2021 #NowAChallenger pic.twitter.com/d2KlnbnWtX
— Royal Challengers Bangalore (@RCBTweets) August 21, 2021
सिंगापुरबाट २०१९ मा टि-ट्वान्टी अन्तर्राष्ट्रिय डेब्यु गर्नु अघि डेभिडले अस्ट्रेलियाको बिग ब्यास लिगमा पार्थ स्करचर्सको प्रतिनिधित्व गरेका थिए। हाल उनि इंग्ल्यान्डको घरेलु क्रिकेटमा सरे तथा द हन्ड्रेड लिगमा साउदर्न ब्रेभको प्रतिनिधित्व गरिरहेका छन्।
पछिल्लो समय राम्रो लयमा रहेका डेभिडले भर्खरै सकिएको इंग्ल्यान्डको रोयल लन्डन कप वानडे कप २०२१ मा सरेको लागि खेल्दै लगातार तिन खेलमा १४०*, ५२* र १०२ रन बनाएका थिए। सोहि लयका कारण उनलाई साउदर्न ब्रेभले द हन्ड्रेड लिग टिममा समाबेश अरेको थियो। अगस्ट ११ तारिखमा खेलिने द हन्ड्रेडको फाइनलमा उनले टिममा स्थान बनाउन सम्भावना रहेको छ।
डेभिडले १४ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ४६.५० को औशत र १५८.५२ को स्ट्राइक रेटले ५५८ रन बनाएका छन् जसमा ४ अर्धशतक समाबेश रहेका छन्। यस्तै उनले १५ लिस्ट एमा ७०९ रन बनाएका छन्। आईपीएल खेल्नु अघि डेभिडले बिग ब्यास लिग बाहेक सेन्ट लुसिया किंग्सबाट करेबियन प्रिमीयर लिग तथा लाहोर कलन्दर्सबाट पाकिस्तान सुपर लिग खेलीसकेका छन्।
आईपीएल पहिलो पटक खेल्न लागेका डेभिड २०२१ अक्सनमा भने २० लाख भारु बेसप्राइसमा बिक्रि भएका थिएनन्।
आईपीएल अंकतालिकामा बिराट कोहली कप्तानीको बैंगलोर ७ खेलमा ५ जित र २ हार पछि १० अंक सहित तेश्रो स्थानमा रहेको छ। समान अंक रहेको चेन्नाई दोश्रो तथा १२ अंक बटुलेको दिल्ली पहिलो स्थानमा रहेकोछ।
