कंडेलको अध्यक्षतामा धादिङ जिल्ला क्रिकेट संघको तदर्थ समिति गठन

धादिङमा जिल्ला क्रिकेट संघको तदर्थ समिति गठन गरिएको छ। धादिङबेसीमा आइतबार एक कार्यक्रमको आयोजना गरि दिपेश कंडेल अध्यक्ष रहने गरी १५ सदस्यीय समिति गठन गरिएको हो।

समितिको उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा मनिष दुवाडी, सचिवमा सन्दिप सापकोटा, कोषाध्यक्षमा ठाकुर ढकाल र सहसचिवमा रामबहादुर रानामगर सर्वसम्मत चयन भएका छन्। त्यस्तै कार्यसमिति सदस्यहरुमा साम्भवी थापा, श्रीकृष्ण भण्डारी (अनमोल), अनिश अधिकारी, सन्तोष पाण्डे, रबिन्द्र सापकोटा, दिपेन्द्र शाह, सुजन भट्टराई र जितेन्द्र श्रेष्ठ चयन भएका छन्। बाँकी एक सदस्य कार्यसमितिले चयन गर्ने बताइएको छ ।

नवगठित समितिलाई शुभकामना दिदै जिल्ला खेलकुद समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले खेल क्षेत्रका माध्यमबाट धादिङ र देशलाई समेत विश्वसामु चिनाउन सकिने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताए। धादिङमा पछिल्लो समय खेल क्षेत्रमा युवाहरुको सक्रियता बढेको छ। जिल्लामै विभिन्न प्रतियोगीता आयोजना गर्नेदेखि जिल्लास्तरीय तथा राष्ट्रिय स्तरका खेलहरुमा सहभागीता भई सफलता हासिल गरेका छन्।

यस्तो बन्यो १ सदस्य पछि थप्ने गरि क्रिकेट संघ धादिङको तदर्थ समिति

अध्यक्षः दिपेश कडेल
उपाध्यक्षः नारायण सिलवाल
महासचिवः मनिश दुवाडी
सचिवः सन्दिप सापकोटा
कोषाध्यक्षः ठाकुर ढकाल
सह-सचिवः रामबहादुर रानामगर

सदस्यहरुः
साम्भावी थापा
श्रीकृष्ण भण्डारी (अनमोल)
अनिश अधिकारी
सन्तोष पाण्डे
रविन्द्र सापकोटा
दिपेन्द्र शाह
सुजन भट्टराई
जितेन्द्र श्रेष्ठ

सल्लाहकार समिति
संयोजकः देवराज घलान
सदस्यहरु
रामहरि थापा
गोपी कृष्ण भण्डारी
सुदिप गौली
राजाराम शर्मा





थप समाचार

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]

नेपाललाई हराउँदै वेस्ट इन्डिजलाई सिरिज

काठमाडौं । नेपाललाई हराउँदै वेस्ट इन्डिज ए ले पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा जित निकालेको छ । टियु क्रिकेट […]

सिरिज बराबरी गर्न नेपाललाई २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको सिरिजमा २-२ को बराबरी गर्न नेपालले २ सय १० रनको लक्ष्य पाएको […]

नेपालले टस हार्यो, टोलीमा आठ परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको चौथो खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि क्यानडाको टोली घोषणा भएको छ […]

वेस्ट इन्डिज ए सँग चौथो खेल खेल्दै नेपाल

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको चौथो खेल […]