शाहिन अफ्रिदीले करियरकै उत्कृस्ट बलिंग प्रदर्शन गरे पछि घरेलु टोलि वेस्टइन्डिज बिरुद्धको दोश्रो टेस्टको चौथो दिन समाप्तिमा पाकिस्तान बलियो स्थितिमा पुगेको छ।
चौथो दिन समाप्तिमा पाकिस्तानले दिएको ३२९ रनको लक्ष्य पछ्याउने क्रममा वेस्टइन्डिजले ४९ रन बनाउदा १ विकेट गुमाएको छ। जितको लागि अन्तिम दिन वेस्टइन्डिजले २८० रन बनाउनु पर्नेछ। ओपनर काइरन पावेल २३ रन बनाएर शाहिन अफ्रिदीद्वारा रन आउट भएपछि कप्तान तथा ओपनर क्रेग ब्राथवेट १७ तथा अल्जारी जोसेफ ८ रन बनाएर क्रिजमा छन्। ब्राथवेट र पावेलले ३४ रनको ओपनिंग साझेदारी गरेका थिए।
यस अघि पाकिस्तानले पहिलो इनिंग्समा १५२ रनको अग्रता पाएपछि दोश्रो इनिंग्स १७६/६ को अवस्थामा घोषित गर्दै अन्तिम सेसन वेस्टइन्डिजलाई ब्याटिंग गर्न दिएको थियो। आक्रामक ब्याटिंग गर्ने क्रममा पाकिस्तानले मात्र २७.२ ओभरमा उक्त योगफल बनाउन सफल भयो। पाकिस्तान ओपनर इमरान बटले ३७, कप्तान बाबर आजमले ३३, अविद अलिले २९, अजहर अलिले २२ तथा हसन अलि ले १७ रन योगदान दिए। बट र अलिले मात्र ९.३ ओभरमा ७० रनको ओपनिंग साझेदारी गरेका थिए। वेस्टइन्डिजको बलिंगमा जेसन होल्डर र अल्जारी जोसेफले समान २ विकेट तथा कायल मेयर्स र क्रेग ब्राथवेटले समान १ विकेट लिए।
Career-best for @iShaheenAfridi 6-51 in second #WIvPAK Test at Sabina Park, Kingston, Jamaica#HarHaalMainCricket | #BackTheBoysInGreen pic.twitter.com/YsJDiZvi3V
— Pakistan Cricket (@TheRealPCB) August 23, 2021
यस अघि वेस्टइन्डिजले चौथो दिनको सुरुवात ३९/३ को स्थितिबाट गर्दै पहिलो इनिंग्समा ५१.३ ओभरमा सबै विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो। उसको लागि एनक्रुमाह बोनरले सर्वाधिक ३७, जर्माइन ब्ल्याकवुडले ३३ तथा जेसन होल्डरले २६ रन योगदान दिए। पाकिस्तानी फास्ट बलर शाहिन अफ्रिदीले करियरकै उत्कृस्ट बलिंग गर्ने क्रममा ६ विकेट लिए जुन क्रममा उनले १७.३ ओभरमा ७ मेडन ओभर गर्दै ५१ रन खर्चिए। मोहम्मद अब्बासले ३ तथा फहीम अशरफले १ विकेट लिए।
पाकिस्तानले आफ्नो पहिलो इनिंग्समा ३०२ रन बनाएको थियो जसको लागि फवाद आलमले सर्वाधिक १२४ तथा बाबर आजमले ७५ रन योगदान दिएका थिए। वेस्टइन्डिज बलर केमार रोच र जेडन सिल्सले समान ३ तथा जेसन होल्डरले २ विकेट लिएका थिए।
सिरिज अन्तर्गत पहिलो टेस्ट वेस्टइन्डिजले १ विकेटले जितेको थियो।
