तेश्रो टेस्टमा भारतले पहिले ब्याटिंग गर्दै, आश्विन बाहिर, इंग्ल्यान्डद्वारा दुई परिवर्तन

२०७८ भाद्र ९, बुधबार १५:३१

इंग्ल्यान्ड भ्रमण अन्तर्गत पाँच टेस्टको सिरिज अन्तर्गत तेश्रो टेस्टमा भारतले टस जितेर ब्याटिंग गर्ने निर्णय गरेको छ। खेल नेपाली समय ३:४५ बजे सुरु हुनेछ।

टस जिते पछि भारतीय कप्तान बिराट कोहलीले टिममा कुनै परिवर्तन नगरेको बताए। स्टार अफस्पिनर रभीचन्द्रन आश्विनले लगातार तेश्रो खेलमा पनि मौका नपाएका हुन्।

कोहलीले बताए “आश्चर्यको कुरा हो मैले टस जितें। पिच हेर्दा ठोस देखिन्छ जहाँ घाँस नहुँदा राम्रो योगफल बोर्डमा बनाउन सक्नेछौं। हामि उही अन्तिम-एघारको साथमा जाँदैछौ। हामीले आश्विनलाई खेलाउने बारे सोचेका थियौं तर जडेजाले खेलमा धेरै गर्नेछन् र यो परिस्थितिले उनलाई साथ दिनेछ। केएल राहुल र रोहितले ओपनिंगमा राम्रो गरिरहेका छन् र सोहि निरन्तरता हामि चाहन्छौं। मेरो ब्याटिंगको कुरा गर्दा राम्रो भैरहेको छैन तर म टिममा योगदान दिन तत्पर छु।”

India (Playing XI): Rohit Sharma, KL Rahul, Cheteshwar Pujara, Virat Kohli(c), Ajinkya Rahane, Rishabh Pant(w), Ravindra Jadeja, Mohammed Shami, Ishant Sharma, Jasprit Bumrah, Mohammed Siraj

टस हारे पछि इंग्ल्यान्ड कप्तान जो रुटले पनि पिचले ब्याट्सम्यानलाई मद्दत गर्ने बताए। इंग्ल्यान्डले टिममा दुई वटा परिवर्तन गरेको छ। डोमिनिक सिब्लेको स्थानमा डेबिड मलान र मार्क वुडको स्थानमा क्रेग ओभरटनलाई मौका दिएको छ।

रुटले बताए – “थोरै बाँदलले ढाकिएकोछ तर पिच खेल अघि बढ्दै जाँदा ब्याटिंग गर्न सहज हुनेछ। टस हारे पनि खुसि छौँ। मलान र ओभरटनलाई सिबले र वुडलाई बाहिर राखेका छौँ। ओभरटनलाई परिस्थिति हेरेर खेलाएका हौँ। सकिब सेतो बल क्रिकेटमा राम्रो लयमा थिए तर ओभरटनले काउन्टी क्रिकेटमा लगातार राम्रो गरेकोले उनलाई लिएका हौँ। तर हामीलाई दुई मध्ये एक जना चुन्न कठिन भएको थियो। हामीलाई ओपनरले रन बनाएर राम्रो सुरुवात दिनु पर्छ। बिराटले भने जस्तै इंग्ल्यान्डमा ओपनिंग गर्न कठिन काम हो।”

England (Playing XI): Rory Burns, Haseeb Hameed, Dawid Malan, Joe Root(c), Jonny Bairstow, Jos Buttler(w), Moeen Ali, Sam Curran, Craig Overton, Ollie Robinson, James Anderson

सिरिज अन्तर्गत पहिलो टेस्ट वर्षाले प्रभावित हुँदा बराबरीमा टुंगिएको थियो भने दोश्रो टेस्ट भारतले १५१ रनले जितेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy