ओमान पुगेको नेपाली टोलिको कोभिड-१९ रिपोर्ट नेगेटिभ

२०७८ भाद्र ९, बुधबार १९:११

विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासंग त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज तथा पपुवा न्यु गिनीसंग त्यस अघि दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सबै सदस्यहरुको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको छ।

१७ जना खेलाडी तथा ५ जना सपोर्ट स्टाफ सहित २२ सदस्यीय नेपाली टोलि मंगलबार बिहान ओमान प्रस्थान गरेको थियो। सबै खेलाडीहरुको ओमान पुगेपछि कोभिड-१९ परिक्षण गरिएको थियो।

सबैको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएपछि नेपाली क्रिकेट टिम आज क्वारेन्टाइनबाट बाहिर निस्किएको छ। टिमले आज मैदानमा फिटनेस सेसन समेत गरेको क्यानले जानकारी गराएको छ।

ओमान भ्रमण अन्तर्गत नेपालले सेप्टेम्बर ५ र ८ तारिखमा पपुवा न्यु गिनीसंग दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ जसमध्ये दोश्रो खेल दिवा-रात्री ( डे-नाइट ) हुनेछ। नेपालले पहिलो पटक दिवा-रात्री एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो। ओमानसंग र अमेरिकासंग त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० तारिखसम्म खेलिनेछ जसको खेलतालिका हालसम्म सार्वजनिक भएको छैन।

भ्रमणमा १७ सदस्यीय नेपाली टोलि सहित प्रशिक्षक डेभ व्हाटमोर, टिम व्यवस्थापक दाउद अन्सारी, टेक्निकल एनालिस्ट रमन शिवाकोटी, फिजियो बिक्रम न्यौपाने र ट्रेनर राकेश काशिभाई गोहिल गरि २२ जना रहेका छन्। भ्रमणको लागि क्यानले शनिवार टिमको घोषणा गरेको थियो जसमा पहिलो पटक गुल्सन झा सहित एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो पटक कुशल भुर्तेल र आसिफ शेखले समेत स्थान बनाएका थिए।

१७ सदस्यीय नेपाली टिम : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, विनोद भण्डारी , करन केसी, सन्दिप लामिछाने, सोमपाल कामि, अविनाश बोहरा, सुशन भारि, शरद भेसावकर , विक्रम सोब, पवन सर्राफ, रोहित पौडेल, गुलशन झा

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy