आगामी सिजन अस्ट्रेलियाको बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेले पुनः होबार्ट हरिकेन्सको प्रतिनिधित्व गर्ने भएका छन्। बिग ब्यास लिगको आगामी सिजन डिसेम्बर ५ तारिख देखि सुरु हुँदैछ।
लगातार चौथो सिजन सन्दिपले बिग ब्यास लिग खेल्ने पक्का भएको छ। नेपाली स्पिनरले २०१८ र २०१९ को सिजन मेलबर्न स्टार्सको लागि बिग ब्यास लिग खेलेका थिए जसपछि गत सिजन होबार्ट हरिकेन्समा अनुबन्धित भएका थिए। यो वर्ष जनवरीमा सम्पन्न बिग ब्यास लिगमा सन्दिपले ८ खेल खेलेका थिए जसमा उनले ८ विकेटनै लिएका थिए।
“पुनः हरिकेन्समा आबद्ध हुँदै अस्ट्रेलिय फर्कन उत्साहित छु। हरिकेन्समा मेरो पछिल्लो सिजन राम्रो भएको थियो त्यसैले म पुनः त्यहाँ पुगेर पुरै प्रतियोगिता खेल्न उत्साहित छु। हाम्रो टिममा गत सिजन उत्कृस्ट खेलाडीहरु रहेका थिए जो यो सिजन पनी संगै हुनेछन्। पुरा सिजन त्यहाँ हुँदा व्यक्तिगत रुपमा म उत्कृस्ट प्रदर्शन गर्दा टिमको सफलतामा योगदान दिन चाहन्छु।” हरिकेन्समा अनुबन्धित भए पछि सन्दिपले बताएका छन्।
Sandy signs on! 🖋
We’re excited to announce @Sandeep25 as our first international signing for KFC @BBL|11 🇳🇵
Can’t wait to have you back, Sandy 💜
MORE: https://t.co/QgEGi8oyqb#TasmaniasTeam pic.twitter.com/yYsK7FCCHW
— Hobart Hurricanes (@HurricanesBBL) August 26, 2021
यो सिजन हरिकेन्सले अनुबन्ध गरेको सन्दिप एक मात्र खेलाडी हुन्। “हाम्रो पहिलो अन्तर्राष्ट्रिय अनुबन्धको रुपमा सन्दिपलाई घोषणा गर्दा उत्साहित छौ।” हरिकेन्सले ट्वीट गर्दै सन्दिपको अनुबन्ध घोषणा गरेको छ। हरिकेन्स र सन्दिप बीच भएको सम्झौता रकम भने खुलेको छैन।
Hobart Hurricanes squad: Scott Boland, Tim David, Nathan Ellis, Peter Handscomb, Caleb Jewell, Josh Kann, Sandeep Lamichhane (Nepal), Ben McDermott, Riley Meredith, Mitch Owen, Joel Paris, Wil Parker, D’Arcy Short, Matthew Wade, Mac Wright
सन्दिपले अन्तर्राष्ट्रिय फ़्रेन्चाइज् लिग पछिल्लो पटक बिग ब्यास लिगनै खेलेका थिए जसपछि बिभिन्न कारणले उनि अन्य लिग खेल्न पाईरहेका छैनन्। आईपीएल टिम दिल्ली क्यापिटल्सले उनलाई रिलिज गरेपछि अक्सनमा सन्दिपलाई कुनै पनि टिमले बोलि लगाएनन्। पाकिस्तान सुपर लिगमा राशिदको प्रतिस्थापनमा मौका पाएता पनि कोभिड-१९ का कारण प्रतियोगिता रद्द हुँदा खेलनै नखेली पाकिस्तानबाट उनि स्वदेश फर्कनु परेको थियो। त्यसपछि भिसा समस्याका कारण इंग्ल्यान्डको दुई वटा घरेलु लिग टि-२० ब्लास्ट र द हन्ड्रेड उनले गुमाउनु पर्यो। द हन्ड्रेड लिग खेल्न इंग्ल्यान्ड पुगेर १० दिन क्वारेन्टाइन बसेपछि भिसा नमिल्दा उनि घर फर्केका थिए। त्यसपछि नेपालको ओमान भ्रमणका कारण उनले करेबियन प्रिमियर लिग समेत गुमाउन परेको छ।
