यसस्वी जैसवाल चम्किंदा मुम्बईद्वारा ओमान पराजित, सिरिज बराबरी

२०७८ भाद्र १०, बिहीबार २२:०७

ओमान भ्रमणमा रहेको भारतको मुम्बई रन्जी क्रिकेट टिमले दोश्रो खेलमा घरेलु टोलिलाई १८ रनले पराजित गर्दै सिरिज १-१ को बराबरी गरेको छ।

ओमान क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा मुम्बईले दिएको १६३ रनको लक्ष्य पछ्याउने क्रममा ओमानले पुरै २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १४४ रन मात्र बनाउन सक्यो।

ओमानको लागि ओपनर जतिन्दरसिंह सिंहले सर्वाधिक ५१ रन बनाए जुन क्रममा २५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान जिसान मक्सुदले २९, अकिब इल्यासले १६, मेहरान खानले १५ तथा शोयब खानले १४ रन बनाए। ओपनर जतिन्दर र शोयब खानले ६.३ ओभरमा ६३ रनको साझेदारी गर्दै उत्कृस्ट सुरुवात दिलाएता पनि ओमानको मध्येक्रमले साथ दिन नसक्दा टिम लक्ष्यसम्म पुग्न असफल रह्यो। १२ ओभरमा १०५ रन बनाउदा मात्र २ विकेट गुमाएको उसले थप ८ ओभरमा ८ विकेट गुमाउदा मात्र ४१ रन योगफलमा जोड्न सक्यो।

मुम्बईको बलिंगमा  शाम्स मुलानीले ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १२ रन मात्र खर्चिए। जितको लागि ३ ओभरमा २७ रन आवस्यक हुँदा मलानीले १८ औं ओभरमा मात्र १ रन खर्चेर २ विकेट लिंदै मुम्बई पूर्णतः खेलमा हावी गराएका थिए। अन्य बलरमा सुजित नाईकले २ तथा आकाश पार्कर, सैराज पाटिल र अमन खानले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ६ विकेट क्षेतीमा १६२ रन बनाएको थियो। उसको लागि आईपीएल टिम राजस्थान रोयल्सका खेलाडी समेत रहेका ओपनर यसस्वी जैसवालले सर्वाधिक ७५ रन बनाए जुन क्रममा ५९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। अमन खानले ३१, अरमान जाफरले २० रन योगदान दिए।  १४ ओभरमा ८९/५ को स्स्थितिमा रहेको मुम्बईले अन्तिम ६ ओभरमा ७३ रन बनाएको थियो। जैसवालले छैठौं विकेटको लागि अमन खानसंग ३० बलमा ५३ रनको साझेदारी गरेका थिए।

ओमानको बलिंगमा अकिब इल्यास र कलेमुल्लाह ककलेमुल्लाहले समान २ विकेट तथा बिलाल खान र मेहरन खानले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा ओमान २ विकेटले विजयी भएको थियो। सिरिजको निर्णयक खेल भोलि ( अगस्ट २७ ) खेलिनेछ। त्यसपछि दुई देश बीच अगस्ट २९, ३१ र सेप्टेम्बर २ र ३ तारिखमा एकदिवसीय  सिरिज खेलिनेछ। त्यसपछि ओमानले नेपाल र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy