राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ व्हाटमोरले एक्कासी ओमान सिरिजबाट राजिमाना घोषणा गरेपछि नेपाल क्रिकेट संघ ( क्यान ) ले अधिकारिक धारणा प्रस्तुत गरेको छ।
क्यानले बिज्ञप्ति जारी गर्दै व्हाटमोरको राजिनामा अप्रत्यासित भएको बताउदै चकित पारेको बताएको छ। “प्रशिक्षक व्हाटमोरको अचानक राजिमानाबाट नेपाल क्रिकेट संघ चकित छ।” क्यानले लेखेको छ।
“उनले व्यक्तिगत कारण देखाउदै ओमान भ्रमण पछि तुरुन्त लागु हुने गरि राजीनामा घोषणा गरेका छन्। उनले यो वर्षको सुरुवातमा क्यानसंग एक वर्षे अनुबन्ध गरेका थिए।” बिज्ञप्तिमा उल्लेख छ।

प्रशिक्षक व्हाटमोरको राजिनामा पछि क्यान अध्यक्ष चतुर बहादुर चन्दले कान्तिपुरसंग अधिकारिक धारणा राख्दै राजिनामाले चकित पारेको र उनिसंग यस बारे कुराकानी गर्ने प्रतिक्रिया दिएका छन्। चन्दका अनुसार व्हाटमोरले आफ्नो एजेन्ट मार्फत पठाएको इमेलमा उनले राजिनामा दिनुको पछाडी पारिवारिक कारण उल्लेख गरेका छन्।
गत वर्ष डिसेम्बरमा प्रशिक्षक नियुक्त भएपछि व्हाटमोरको झन्डै ९ महिना प्रशिक्षणकालमा नेपालले एउटा मात्र प्रतियोगिता खेलेको थियो। कार्यकाल सकिन ३ महिना बाँकी रहंदा उनले पद छाड्नेछन्। यो वर्ष अप्रिलमा नेदरल्याण्ड र मलेसियासंग खेलिएको टि-२० अन्तर्राष्ट्रियमा नेपालले उत्कृस्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको थियो। उक्त सिरिजमा नेपालले ब्याटिंगमा निकै सुधारिएको प्रदर्शन तथा खेल शैलीनै परिवर्तन गरेपछि व्हाटमोरको चौतर्फी तारिफ भएको थियो।
६७ वर्षीय प्रशिक्षकको प्रशिक्षणकालमा नेपालले ओमानमा पहिलो पटक एकदिवसीय खेल्नेछ। पपुवा न्यु गिनीसंग दुई वटा ( सेप्टेम्बर ५ र ८ ) एकदिवसीय अन्तर्राष्ट्रिय र त्यसपछि ओमान र अमेरिकासंग ( सेप्टेम्बर १३-२० ) त्रिकोणात्मक सिरिज खेल्नेछ। पहिलो एकदिवसीय भ्रमणनै नेपालको लागि उनको अन्तिम प्रतियोगिता हुनेछ।
https://www.youtube.com/watch?v=kdps8wkIERQ
