श्रीलंकन फास्ट बलर इसुरु उडानाले करियरकै उत्कृस्ट बलिंग गर्दा करेबियन प्रिमियर लिगको गय राति सम्पन्न खेलमा डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सले विजयी सुरुवात गरेको छ। यस्तै शुक्रबारनै सम्पन्न अर्को खेलमा आन्द्रे रसेलले कीर्तिमानी छिटो अर्धशतक प्रहार गर्दा जमैका तलावाजले सेन्ट लुसियालाई इतिहासकै विशाल अन्तरले पराजित गरेको छ।
सेन्ट किट्सको वार्नर पार्क स्टेडियममा सम्पन्न खेलमा बार्बेडोस रोयल्सले दिएको १२३ रनको लक्ष्य ट्रिनबागोले ४ विकेट गुमाएर १६.५ ओभरमै भेटायो। उसको लागि कप्तान काइरन पोलार्डले अविजित ५८ रन योगदान दिए जुन क्रममा ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे। दिनेश रामदिनले अविजित २९ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा मोहम्मद आमिरले सुरुवाती ३ विकेट पहिलो स्पेलमै लिएपछि नाइट राइडर्स ३८/४ को अवस्थामा थियो। पाँचौ विकेटको लागि पोलार्ड र रामदिनले अविजित ८७ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए। आमिरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।
A FIFER for Isuru Udana sees him win the @Dream11 MVP for match four. #CPL21 #CricketPlayedLouder #TKRvBR #Dream11 pic.twitter.com/8CKpn0HJ4b
— CPL T20 (@CPL) August 28, 2021
यस अघि टस जितेर ब्याटिंग गरेको बार्बेडोस १९.२ ओभरमा १२२ रनमा समेटिन पुगेको थियो। १४ ओभरमा १०३ रन बनाउदा ४ विकेट मात्र गुमाएको उसले त्यसपछि ६ विकेट गुमाउदा योगफलमा मात्र १९ रन जोड्न सक्यो। इसुरु उडानाले इनिंग्सको १५ औं ओभरमा आजम र जेडन सिल्सको विकेट लिएपछि बार्बेडोस खेलमा फर्कन सकेन। उडानाले त्यसपछि सातौँ ओभरमा पनि २ विकेट लिने क्रममा ग्लेन फिलिप्स र जेसन होल्डरको विकेट लिएका थिए। बार्बेडोसको लागि आजम खानले सर्वाधिक ३०, ग्लेन फिलिप्सले २४ तथा शाई होपले २० रन योगदान दिए।
उडानाले टि-२० करियरकै उत्कृस्ट स्पेल दर्ता गर्ने क्रममा ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए। रभी रामपौलले २ तथा सुनिल नारायण र अकेल होसेनले समान १ विकेट लिए। उडानाको स्पेल ( ४-०-२१-५ ) सिपिएल इतिहासकै छैठौं उत्कृस्ट स्पेल हो। सिपिएलमा हालसम्म शाकिब अल हसनले मात्र ६ विकेट लिन सकेका छन्। उडाना लगायत ८ जना बलरले मात्र एकै इनिंग्समा ५ विकेट लिन सकेका छन्। रेकर्ड हेर्नुस
रसेलको कीर्तिमानी अर्धशतक, जमैकाको इतिहासकै ठूलो जित
शुक्रबार सम्पन्न पहिलो खेलमा जमैला तलावाजले विजयी सुरुवात गर्ने क्रममा सेन्ट लुसिया किंग्सलाई १२० रनले पराजित गर्यो। जमैकाले दिएको २५६ रनको लक्ष्य पछ्याएको किंग्सले १७.३ ओभरमा १३५ रन मात्र बनाउन सक्यो। १२० रनको जित सिपिएल इतिहासकै सर्वाधिक रन अन्तरको जित हो। २०१५ मा सेन्ट किट्सले जमैकालाई ११९ रनले पराजित गरेको थियो जुन रेकर्ड जमैकाले तोडेको छ।
Record breaker @Russell12A smashes a 14 ball fifty and takes the @fun88eng magic moment for match 3. #CPL21 #JTvSLK #CricketPlayedLouder #FUN88 pic.twitter.com/qAQjy80jRg
— CPL T20 (@CPL) August 27, 2021
टस हारेर ब्याटिंग गरेको जमैकाले २० ओभरमा ५ विकेट क्षेतीमा २५५ रन बनाएको थियो। आन्द्रे रसेलले सर्वाधिक अविजित ५० रन बनाउने क्रममा लिग इतिहासकै छिटो १४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। त्यस अघि केनार लुइसले २१ बलमा २ चौका र ५ छक्का मद्दतले ४८ रन, चाडविक वाल्टनले २९ बलमा ६ चौका र २ छक्का मद्दतले ४७ रन , हैदर अलिले ३२ बलमा ४ चौका र २ छक्का मद्दतले ४५ रन तथा कप्तान रोभम्यान पावेलले २६ बलमा ३ चौका र २ छक्का मद्दतले ३८ रन बनाएका थिए।
सेन्ट लुसियाका बलर वाहब रियाजले ३ ओभर बलिंग गर्दै विकेटविहिन रहंदा ६१ रन खर्चिए जुन लिग इतिहासकै सातौँ महँगो स्पेल हो भने ३ ओभर मात्र बलिंग गर्दा सबैभन्दा महँगो स्पेल हो। ओबेद म्याकोयले ३ विकेट ( ४-०-५२-३ ) तथा रोस्टन चेजले २ विकेट ( ४-०-३३-२ ) लिए।
लक्ष्य पछ्याउने क्रममा सेन्ट लुसियाको लागि सिंगापुर ब्याट्सम्यान टिम डेभिडले सर्वाधिक ५६ रन बनाए जुन क्रममा २८ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। वाहब रियाज ले २६ रन बनाए। ट्रिनबागोको बलिंगमा मिगेल प्रिटोरियसले ४ ( ४-०-३२-४ ) तथा इमरान खानले ३ विकेट ( २.३-०-७-३ ) लिए। क्रिस ग्रिन र आन्द्रे रसेलले समान १ विकेट लिए।
