जैसवाल प्रेरित मुम्बईद्वारा ओमान ४ विकेटले पराजित

२०७८ भाद्र १३, आईतवार १९:०६

ओमानलाई पहिलो एकदिवसीयमा ४ विकेटले पराजित गर्दै मुम्बई रन्जी टिमले ४ खेलको सिरिजमा १-० को अग्रता हाँसिल गरेको छ।

ओमान क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा ओमानले दिएको १९७ रनको लक्ष्य मुम्बईले ६ विकेट क्षेतीमा ४३.४ ओभरमा भेटायो।

मुम्बईको लागि ओपनर यशस्वी जैसवालले सर्वाधिक ८२ रन बनाए जुन क्रममा ७९ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। यस्तै हार्दिक तोमारेले अविजित ५१ रन बनाए। जैसवालले अर्का ओपनर आकर्षित गोमेलसंग ६० रनको साझेदारी गरेका थिए। २७ औं ओभरमा जैसवाललाई बिलाल शाहले क्याच आउट गराएका थिए। जैसवालको विकेटपछि हार्दिक तमोरेले एक किनार सम्हाल्दै टिमलाई जितको दिशा दिए। ओमानको बलिंगमा शकिल एहमद, रफिउल्लाह मोहम्मदले समान २ विकेट लिए। बिलाल शाह र फय्याज बटले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको ओमानले ४७.१ ओभरमा सबै विकेट गुमाएर १९६ रन बनाएको थियो। उसको लागि खालिद कैलले सर्वाधिक ७६ रन तथा कप्तान खवर अलिले ५२ रन योगदान दिए। राम्रो सुरुवात गरेता पनि ओमानको मध्यक्रम र तल्लो क्रमले राम्रो प्रदर्शन गर्न सकेन फलस्वरुप ११६ रनमा २ विकेट मात्र गुमाएको ओमानले थप ८ विकेट गुमाउदा योगफलमा ८० रन मात्र जोड्न सक्यो।

मुम्बईको बलिंगमा देब्रे हाते स्पिनर शाम्स मुलानीले सर्वधिक ३ विकेट तथा अमन खान र शशांक अट्टारडेले समान २ विकेट लिए। साइराज पाटिल र आकर्षित गोमेलले समान १ विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो एकदिवसीय अगस्ट ३१ तारिखमा खेलिनेछ। दुई देश बीच यस अघि सम्पन्न तिन खेलको टि-२० सिरिज ओमनाले २-१ ले जितेको थियो। ओमानले नेपाल र अमेरिकासंग सेप्टेम्बर १३ तारिख देखि विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy