काठमाडौँको ओमेगा कलेजको पोखरा भ्रमण अन्तर्गत दोश्रो खेलमा स्थानीय टोलि माछापुच्छ्रे क्रिकेट एकेडेमी ७ रनले विजयी भएको छ। जितसंगै पाँच खेलको सिरिजमा माछापुच्छ्रेले १-० को अग्रता हाँसिल गरेको छ। पहिलो खेल बर्षाका कारण रद्द भएको थियो।
ईडन हेभेन्स मैदानमा सम्पन्न खेलमा माछापुच्छ्रे क्रिकेट एकेडेमीले दिएको ८५ रनको लक्ष्य पछ्याउने क्रममा ओमेगाले निर्धारित १५ ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा ७७ रन मात्र बनाउन सक्यो। ओमेगाको लागि विवेक बुढाथोकी र सौरभ राजले समान ९ रन बनाए। माछापुच्छ्रेका बलर बिनोद नपाईले सर्वाधिक ३ विकेट लिए जो खेलको प्लेयर अफ द म्याच समेत चुनिए।
यस अघि टस जितेर ब्याटिंग गरेको माछापुच्छ्रेले निर्धारित १५ ओभरमा ६ विकेट क्षेतीमा ८४ रन बनाएको थियो। उसको लागि अरुण पौडेलले सर्वाधिक २४ तथा प्रकाश आचार्यले १२ रन बनाए। ओमेगाका बलर सुशांक आचार्यले २ विकेट तथा मणिरत्न कुमार शाहले १ विकेट लिए।
सिरिज अन्तर्गत तेश्रो खेल भदौ १५ गते मंगलबार खेलिनेछ। भदौ १६ र १७ गते चौथो र पाँचौ खेल खेलिनेछ।
अंकित प्रताप सिंह कप्तानीको भ्रमण टोलि ओमेगा कलेज टिमको उपकप्तान मनिरत्न कुमार शाह रहेका छन्। टिममा विकेटकिपरको रुपमा बिबेक बुढाथोकी, सफल केसी, प्रज्वल झा, प्रज्वल सापकोटा, सौरभ राज, सुरेश कुमार यादव, सुशंक आचार्य, रिवाज खड्का, समिर बिस्ट र हरिश शाही रहेका छन्।
