शर्फेन रुथरफोर्डले उत्कृस्ट ब्याटिंग गर्दा गायना अमेजन वारियर्सलाई ६ विकेटले पराजित गर्दै लगातार तेश्रो जितका साथ सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स करेबियन प्रिमियर लिग टि-२० ( सिपिएल ) को शिर्ष स्थानमा कायमै रहेको छ। सेन्ट किट्सको वार्नर पार्क स्टेडियममा गायनाले दिएको १६७ रनको लक्ष्य सेन्ट किट्सले ४ बल बाँकी रहंदा ४ विकेट क्षेतीमा पुरा गर्यो।
सेन्ट किट्सको लागि दायाँ हाते ब्याट्सम्यान रुथरफोर्डले ३४ बलमा १ चौका र ६ छक्का मद्दतले अविजित ५९ रन बनाए। डेभोन थोमसले ३१, इभिन लुइसले ३० रन तथा कप्तान ड्वेन ब्राभोले २२ रन बनाए। ओपनर थोमस र लुइसले ६९ रनको साझेदारी गरेका थिए भने चौथो विकेटको लागि रुथरफोर्ड र ब्राभोले ७२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितमा अहम योगदान दिए। गायनाकको बलिंगमा इमरान ताहिरले २ तथा नभिन उल हक र ओ डीन स्मिथले समान १ विकेट लिए।
1000 runs in T20s for Sherfane Rutherford. Well batted! #CPL21 #SKNPvGAW #CricketPlayedLouder pic.twitter.com/Yqs8KJKIY5
— CPL T20 (@CPL) August 29, 2021
यस अघि टस जितेर ब्याटिंग गरेको गायनाले २० ओभरमा ३ विकेट क्षेतीमा १६६ रन बनाएको थियो। उसको लागि ओपनर मोहम्मद हफिजले सर्वाधिक ७० रन बनाए जुन क्रममा ५९ बलमा ७ चौका र १ छक्का प्रहार गरे। शिमरन हेटमायरले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५२ रन बनाए। हफिज आर हेटमायरले दोश्रो विकेटको लागि १०१ रनको साझेदारी गरेका थिए। सेन्ट किट्सको बलिंगमा पल भान मिकीरनले २ तथा फाबीयन एलेनले १ विकेट लिए।
गायन अमेजन वारियर्स ३ खेलमा १ जित र २ हार पछि २ अंक सहित अंकतालिकाको चौथो स्थानमा रहेको छ। तिन वटै खेलमा जित पछि सन्ता किट्स ६ अंक सहित शिर्षस्थानमा कायम छ।

