दिपेश र ऋतिक चम्किंदा ओमेगा बिरुद्ध माछापुच्छ्रेको दोश्रो जित

२०७८ भाद्र १५, मंगलवार २०:०८

तेश्रो खेलमा पोखरा भ्रमणमा रहेको काठमाडौँको ओमेगा कलेजलाई पराजित गर्दै माछापुच्छ्रे क्रिकेट एकेडेमीले पाँच खेलको सिरिजमा २-० को अग्रता हाँसिल गरेको छ।

ईडन हेभेन्स मैदानमा सम्पन्न खेलमा माछापुच्छ्रेले दिएको १६० रनको लक्ष्य पछ्याउने क्रममा ओमेगाले २३ ओभरमा १०८ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। ओमेगाका बिबेक बुढाथोकिले सर्वाधिक ४४ रन तथा समिर बिस्टले २२ रन बनाएता पनि जितको लागि पर्याप्त हुन सकेन। माछापुच्छ्रेका बलर ऋतिक थापाले ५ विकेट लिंदै जितमा अहम योगदान दिए। थापानै प्लेयर अफ द म्याच समेत चुनिए।

यस अघि टस जितेर ब्याटिंग गरेको माछापुच्छ्रेले निर्धारित ३० ओभरमा ७ विकेट क्षेतीमा १५९ रन बनाएका थिए। उसको लागि पूर्व अन्डर-१९ राष्ट्रिय क्रिकेटर समेत रहेका दिपेश खत्रीले सर्वाधिक ४० रन बनाए भने प्रकाश आचार्यले ३७ तथा अर्जुन उपाध्यायले २१ रन बनाए। ओमेगाका बलर सफल केसीले २ विकेट लिए भने सुशांक आचार्य, अंकित प्रताप सिंह र रिवाज खड्काले समान १ विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोश्रो खेल माछापुच्छ्रेले ७ रनले जितेको थियो। सिरिज अन्तर्गत चौथो खेल भदौ १६ र १७ गते खेलिने तालिका रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy